back

पत्रकार ऋषि आचार्य काउन्सिलको सल्लाहकारमा नियुक्त

वि.सं.२०७४ साउन २५ बुधवार

522 

shares

rishi-acharya-1

अस्टेलियामा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको Georges River Council (र्जेज रिभर काउन्सिल) हर्सभिल र कोग्राले बहुसास्कृतिक सल्लाहकारको रुपमा पत्रकार ऋषि आचार्यलाई नियुक्त गरेको छ। अष्ट्रेलियामा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्यरत रहँदै आएका आचार्यलार्इ काउन्सिलको अगष्ठ १ मंगलवार बसेको बैठकले काउन्सिलको सल्लाहकारमा  नियुक्त गरेको हो । काउन्सिलमा नेपाली सहित स्थानिय १४ वटा बहुसास्कृतिक समुदायको प्रतिनिधित्व हुने गरि सल्लाहकार समिति बनाइएको छ ।

सल्लाहकारहरुले काउन्सिललाई बहुसास्कृतिक मुद्दामा सुझव दिने, काउन्सिलको बहुसास्कृतिक नीति तथा कार्यक्रम कार्यन्वन गर्न सहयोग गर्ने, काउन्सिल र स्थानिय समुदायको बीचमा सिधा सम्पर्क स्थापना गर्ने, नेपाली सहित स्थानिय बहुसास्कृतिक समुदायको कला, संस्कृति, परम्परा, भाषा संरक्षण र प्रवद्र्धनको लागि काउन्सिललाई दिगो कार्यक्रम बनाउन मद्दत गर्ने मुख्य उद्देश्य रहेका छन् । सल्लाहकारको कार्यकाल दुई वर्ष रहेको छ ।

जर्जेज रिभर काउन्सिल हर्सभिल र कोग्रा काउन्सिलहरु एकिकरण भएर १२ मे २०१६ मा गठन भएको हो । यो काउन्सिलको कोग्रा, काल्टन, अलवा, हर्सभिल, पेन्सहर्ट, पिकहस्ट, मोर्टडेल, हर्सभिल ग्रोभ, हर्सभिल साउथ, रिभरउड, नारावि, बेभर्लिहिल्स सवअर्वहरुमा नेपाली समुदायको बाक्लो बसोवास रहेको छ ।

rishi-acharya

जर्जेज रिभर काउन्सिलले २०१५ मा हर्सभिल पुस्तकालयमा नेपाली भाषाको शाख स्थापना गरेको थियो । २०१३ मा पहिलो पटक नेपाली समुदायलाई लक्षित गरेको ओपन डे आयोजना गरको थियो भने २०१४ मा नेपाली खाना र नृत्यहरु सहतिको नाइट मार्केट आयोजना गरेको थियो । महिलाहरुको लागि निःशुल्क पौडी कक्षा संचालन गरेका थियो । काउन्सिलले अहिले नेपाली समुदायको प्रोफाइल बनाईरहेको छ ।

वि.सं.२०७४ साउन २५ बुधवार ०४:३६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...