back

भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

वि.सं.२०७४ साउन २६ बिहीवार

516 

shares

२६ साउन, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् ।

इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनिर्माण हुन नसक्दा प्रहरीले पालबाट नै २४ घण्टे सुरक्षा दिइरहेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

प्रहरी चौकी निर्माणका लागि आन्तरिक स्रोत केही नभएकाले आफैँ चौकी निर्माण गर्न नसकिने मानेखर्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कालुमान दनुवारले बताउनुभयो ।

डिएफ्आईडी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले चौकी निर्माण गरिदिने भनेर सम्झौता गरेपनि अहिलेसम्म निर्माण कार्य शुरु नभएको दनुवारले बताउनुभयो ।

चौकी निर्माण नहुँदा कुनै पनि आपराधिक क्रियाकलापमा संलग्नलाई थुनुवामा राख्ने ठाउँसमेत नभएको प्रहरी गुनासो छ । थुनुवा राख्ने ठाउँ नहँदा कुनै पनि घटनामा संलग्न अभियुक्तलाई करिब पाँच घण्टाको बाटो हिँडाएर इलाका प्रहरी कार्यालय, मेलम्चीसम्म लैजानुपर्ने बाध्यात्मक परिस्थिति रहेको प्रहरीको भनाइ छ ।

मानेखर्क चौकीमा कार्यरत प्रहरी भन्छन्– दिनभरि ड्युटी सकेर आयो, राति पानी चुहिने, शीत चुहिने, चिसो हुने भएपछि प्रहरीको काम गर्ने मनोबलमा समेत नराम्रो असर परिसकेको छ । मानेखर्क चौकीका प्रमुख दनुवार भन्नुहुन्छ “टेण्टमुनिको बासमा प्रहरीले ज्यादै कष्टपूर्ण ड्युटी गर्दै आएको छ ।”

एउटा टेण्टभित्र सातजना सुत्नुपर्ने तथा आफ्नो सामानसमेत राख्दा साँघुरो भएर धेरै कष्टकर भएकोे प्रहरीको भनाइ छ । एउटा टेण्टमा कार्यालय राख्नेदेखि लिएर सुत्नेसम्मको कार्य गर्नुपर्ने बाध्यता रहेको प्रहरीले गुनासो गरेको छ ।

एउटा पूरै गाउँपालिकाको सुरक्षाको लागि रहेको प्रहरी चौकीको अहिलेसम्म पनि निर्माण हुन नसक्नु निकै विडम्बना भएको स्थानीय मानेखर्कका समाजसेवी शंकर लामा बताउनुहुन्छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०४:१९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...