back

नेस्याङ गाउँपालिकाको बजेट रु १७ करोड

वि.सं.२०७४ साउन २६ बिहीवार

516 

shares

 २६ साउन, मनाङ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु १७ करोड १३ लाख २४ हजारको बजेट सार्वजनिक गरिएको छ ।

बुधबार भएको पहिलो गाउँपालिका भेलाबाट गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडीबुटी, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिकाको बजेटमध्ये पूँजीतर्फ रु एक करोड ८९ लाख २५ हजार र चालुतर्फ रु पाँच करोड १२ लाख ८० हजार रहेको छ । त्यस्तै, सशर्त अनुदानमा रु छ करोड १० लाख ७१ हजार, सामाजिक अनुदानमा रु १० करोड रहेको गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले जानकारी दिनुभयो ।

सोमध्ये शिक्षामा रु १६ लाख ५० हजार, स्वास्थ्यमा रु ३४ लाख ३१ हजार, सामाजिक विकासमा रु ८४ लाख ५० हजार र आर्थिक विकासमा रु ४८ लाख २५ हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा रु एक करोड ८९ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५६ लाख तीनहजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताउनुभयो ।

त्यस्तै, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन रु ९४ लाख ४६ हजार, सेवा र क्षमता विकासमा रु ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मत सम्भारका लागि रु एक करोड १३ लाख ५० हजार, सिँचाइ तथा खानेपानी रु २४ लाख ७५ हजार र विद्युत् रु ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।

हिमाली जिल्लाको पहिचान यहाँका हिमतालको संरक्षण गर्ने र विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाई विशेष बजेट ल्याइएको उहाँले बताउनुभयो ।

लोपोन्मुख जनावर हिमचितुवा, घोरल, नाउर, मृगजस्ता जनावरको संरक्षण गर्ने तथा सूचना तथा सञ्चारलाई पनि यस बजेटले समेटेको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०४:३४ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...