back

नेस्याङ गाउँपालिकाको बजेट रु १७ करोड

वि.सं.२०७४ साउन २६ बिहीवार

138 

shares
NTC AD
Global IME AD

 २६ साउन, मनाङ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु १७ करोड १३ लाख २४ हजारको बजेट सार्वजनिक गरिएको छ ।

बुधबार भएको पहिलो गाउँपालिका भेलाबाट गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडीबुटी, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिकाको बजेटमध्ये पूँजीतर्फ रु एक करोड ८९ लाख २५ हजार र चालुतर्फ रु पाँच करोड १२ लाख ८० हजार रहेको छ । त्यस्तै, सशर्त अनुदानमा रु छ करोड १० लाख ७१ हजार, सामाजिक अनुदानमा रु १० करोड रहेको गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले जानकारी दिनुभयो ।

सोमध्ये शिक्षामा रु १६ लाख ५० हजार, स्वास्थ्यमा रु ३४ लाख ३१ हजार, सामाजिक विकासमा रु ८४ लाख ५० हजार र आर्थिक विकासमा रु ४८ लाख २५ हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा रु एक करोड ८९ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५६ लाख तीनहजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताउनुभयो ।

त्यस्तै, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन रु ९४ लाख ४६ हजार, सेवा र क्षमता विकासमा रु ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मत सम्भारका लागि रु एक करोड १३ लाख ५० हजार, सिँचाइ तथा खानेपानी रु २४ लाख ७५ हजार र विद्युत् रु ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।

हिमाली जिल्लाको पहिचान यहाँका हिमतालको संरक्षण गर्ने र विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाई विशेष बजेट ल्याइएको उहाँले बताउनुभयो ।

लोपोन्मुख जनावर हिमचितुवा, घोरल, नाउर, मृगजस्ता जनावरको संरक्षण गर्ने तथा सूचना तथा सञ्चारलाई पनि यस बजेटले समेटेको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०४:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...