back

नेवि सङ्घद्वारा राहत संकलन

वि.सं.२०७४ साउन ३१ मंगलवार

684 

shares

३१ साउन, धुलिखेल  । नेपाल विद्यार्थी सङ्घ, काभ्रेपलाञ्चोकले डुबेको मधेश र बगेको पहाडलाई साथ दिने उद्देश्यका साथ सहयोगका लागि राहत संकलन कार्य थालनी गरेको छ ।

सङ्घका जिल्ला अध्यक्ष नृपेश बादे श्रेष्ठ र कोषाध्यक्ष रवीन गौतमको नेतृत्वमा एक समूह गठन गरी जिल्लाका विभिन्न सहरमा गएर राहत संकलन कार्य थालनी गरेको अध्यक्ष नृपेश बादे श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठको टोलीले सोमबार बनेपा नगरपालिकाभित्रका बजारमा राहत संकलन गर्ने काम गरेको छ । “हामीले मधेशका बाढीपीडितका लागि केही मात्रामा भएपनि सहयोग पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले यो राहत संकलन गर्ने काम थालनी गरेका हौँ ।” जिल्ला अध्यक्ष बादेले भन्नुभयो, “यो अभियान जिल्लाको मुख्य सहर बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका स्थानमा गएर संचालन गर्छौं ।”

‘डुबेको मधेश अनि बगेको पहाडलाई साथ दिन नेपाल विद्यार्थी सङ्घको राहत संकलन कार्यक्रम’ अभियान सञ्चालन गरेर राहत संकलनको कार्य थालनी गरेको सङ्घले जनाएको छ ।

सोमबार बनेपामा गरेको संकलन कार्यबाट रु ५१ हजार रकम जम्मा भएको नेवि सङ्घ काभ्रेका कोषाध्यक्ष रवीन गौतमले बताउनुभयो ।

“हामीले जिल्लाका मुख्य सहरमा राहत संकलन गरिसकेपछि जम्मा भएको रकम जुन जिल्लाका लागि सहयोग गर्ने हो, त्यही जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरण गर्छौं”, गौतमले भन्नुभयो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:४० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...