back

बबई नदीमा दुईजनाको शव फेला

वि.सं.२०७४ साउन ३१ मंगलवार

531 

shares
IME Limited
NTC AD

flood

दाङ, ३१ साउन । दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ ।

आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिनुभएको छ ।दुवै शवको पहिचान खुल्न सकेको छैन । बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ ।

बाढीले पाइप बगाउँदा खानेपानीको संकट

अविरल वर्षापछि बाढीले खानेपानीको पाइप बगाउँदा दाङमा खानेपानीको अभाव देखिएको छ ।

तुलसीपुर खानेपानी तथा सरसफाइ समितिअन्तर्गतका तीन हजार बढी उपभोक्ता पाँच दिनदेखि खानेपानीको अभावमा पिल्सिएका छन् ।

शुक्रबार राति आएको अविरल वर्षासँगै बाढीले खानेपानीको मुहान मूलकोट, पातुखोला र बेलुवाको पाइप बगाउँदा खानेपानीको अभाव देखिएको खानेपानी समितिका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको छ । तुलसीपुर, रक्षाचौर, मजुवा, बेलुवा, गणेशपुरलगायतका उपभोक्ता विगत पाँच दिनदेखि खानेपानीको अभाव भोगीरहेका छन् ।

खानेपानीको विकल्प नहुँदा उपभोक्ताले मिनरल वाटर तथा आकाशको पानी थापेर खान बाध्य भएका छन् । स्थानीय चन्द्रा वलीले भन्नुभयो “धारामा पानी नआएको पाँच दिन भइसक्यो आकाशको पानी खान बाध्य छौँ, अन्य खानेपानीको विकल्प छैन ।” त्यसैगरी अन्य उपभोक्ताले भने आकाशको पानीले भान्साको गर्जो टार्ने र खानेपानीको लागि मिनिलर वाटर तथा ट्यांकरबाट पानी बोकाएर खान बाध्य भएको स्थानीय प्रकाश केसीले बताउनुभयो ।

त्यसैगरी विगत पाँच दिनदेखि पानी नआउँदा राप्ती आँखा अस्पतालमा समेत पानीको हाहाकार भएको छ । अस्पतालाम आउने बिरामीलाई ट्यांकरबाट बोकाएर खानेपानीको व्यवस्था मिलाएको लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०९:१६ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...