Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मगर संघ युकेले नेपालमा बौद्धिक भेला गर्न सहयोग गर्ने



magar sangh uk1मगर संघ युकेले विश्व आदिवासी दिवसको अवसर पारेर नेपालमा बृहद बौद्धिक भेलाको आयोजना गरी अन्तरक्रिया, प्रशिक्षण तथा कार्यशाला गोष्ठिको आयोजना गर्ने जनाएको छ ।
नेपाल मगर संघले नयाँ संविधानमा मगर जातिहरुको पहिचान हुनेगरी प्रदेशको नामाकरण (मगरात राज्य) को मागको सुनुवाइका लागि संसारभरी रहेका मगर संघ-सस्थाहरूलाई आर्थिक र बौद्धिक सहयोगको अपिल गरे अनुरुप मगर संघ युकेले पनी ओमप्रशाद थापा काउचाको सयोजकत्वमा मगरात सर्घष समिती गठन गरेको छ ।
समितीले यस बिषयमा बेलायतमा रहेका मगरहरूसँग छलफल तथा विचार बिर्मस गर्दै केही गर्ने निर्णय गर्दै केही आर्थिक संकलन पनी गरेको थियो ।
गत ३० जुलाई २०१७ दिन मगर भवन फान्ब्रोमा बसेको समितीको पहिलो बैठकले निर्णय गरेर नेपाल मगर संघको मर्म अनुरूप मगरात अभियानलाई गाँउ–गाँउसम्म बुझाउनका लागि मगर सुमदायबाट स्थानीय सरकारम नेतृत्व गरेका वडा अध्यक्ष, गाउँपालिका प्रमुख तथा नगरपालिकाका मेयरहरुको उपस्थितिमा अन्तराक्रिया गर्ने बताइएको छ ।
(नेपाल मगर अध्यन केन्द्र) द्वारा मगर संघ केन्द्रले बौद्धिक अन्तरक्रिया तथा प्रशिक्षण कार्यशाला गोष्ठी गर्ने निर्णय अनुसार मगर संघ युकेका अध्यक्ष नेम थापा मगर र उपाध्यक्ष तथा बैदेशिक बिभाग संयोजक बम सुर्यबमशी मगरलाई यसको जिम्मेवारी दिइएको थियो । जस्को सम्पूर्ण जिम्मा बैठकले संयोजक ओमप्रसाद थापा काउचा र सदस्य मेजर रिटायर डा. प्रेम आले लाई दिइएको छ ।
यी विषयमा कार्यशाला गोष्ठि केन्द्रीत रहने छ ।

magarsangh
(क) स्थानिय निर्वाचनबाट नव निर्र्वािचत मगर नेतृत्वहरू (सबै पार्टीका) लाई आमन्त्रण गर्ने ।
(२) स्थानीय निकायमा आफ्नो क्षेत्रभित्र बिकासका काममा स्थानीय सरकारको कानुन र मर्यादामा बसेर आफ्नो कार्यकाल कसरी सफल बनाउने भन्ने ?
(३) आफू नेतृत्वको स्थानीय सरकारको जिम्मेवारी सही ढंगले कसरी कार्यान्वयन गर्ने र सफल कसरी हुने भन्ने बारेमा ।
(४) बौद्धिक व्यक्तित्वहरुबाट हालै नयाँ संबिधानको नयाँ संरचना अनुरूप नेतृत्वको स्थानीय पावर र प्रशासन, बजेट,बिकास नीति निर्माणमा के कस्ता कुरामा मुख्य ध्यान दिनु जरूरी छ भन्नेमा प्रशिक्षण दिइने ।
बैठकले माथि उल्लेखीत विषयहरुमा कार्याशाला तथा अन्तरक्रिया गर्नका निम्ति नेपालमा आर्थिक सहयोग निकासा गर्ने निर्णय गरेको छ । सोही अनुरूप काम गर्ने भएको छ ।
बैठकमा उपस्थीत मगर संघ युकेका अध्यक्ष नेम थापा मगर, निर्बतमान अघ्यक्ष दूत पुन मगर, केन्द्रीय मगर संघ युरोप साथै युएसए संयोजक तथा एनआरएनए युकेकी उपाध्यक्ष श्रीमती शान्ती कुँवर मगर र नेपाल संयोजक तथा सल्लाहकार के.रि कृष्ण कुमार आले मगर, बरिष्ठ उपाध्यक्ष योगकुमार फगामी मगर, कोषाध्यक्ष नेत्र आले मगर थिए भने मगरात संघर्ष समितीका सदस्यहरूमा मेजर रिटायर डा.प्रेम आले मगर, श्रीमती गोमा राना मगर, श्रीमती हेमा राना मगर, श्रीमती जमुना पुन गर्भुजा मगर बैठकमा उपस्थीत थिए भने अन्य सदस्यहरुमा होम रोका, कुमार राना मगर, हिक्मत सिह रोकामगर, तेज बहादुर राम्जाली मगर, दल बुढ़ा, रेशम थापालगायतले व्यस्तताका कारण उपस्थीत हुन नसके पनि छलफलमा सकारात्मक सुझाव दिएका थिए ।
बैठकको अध्यक्षता संयोजक ओम थापा काउचा मगर रहेका थिए भने सञ्चालन सदस्य मेजर रिटायर डा. प्रेम आलेले गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै