Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

बाढीका कारण सौराहाका ११० होटल डुबे, १५ करोडको क्षति



press-release३१ साउन, काठमाडौं । लगातार आएको वर्षा र बाढीका कारण चितवन सौरहाका ११० होटल डुबेको र १५ करोडको क्षति भएको छ ।

होटल व्यवसायी संघ सौराहाका अध्यक्ष सुमन घिमीरेले उक्त जानकारी दिदैं राप्ती किनारामा रहेका होटलमा बढी क्षति भएका कारण होटल व्यवसायीहरु थप संकटमा परेकोले संकटबाट माथि उठ्न र सहज व्यवयसाय संचालनका लागि सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गरिदिन पनि माग गरेका छन् ।

सौराहाका होटल व्यवसाय आर्थिक रुपमा टाट पल्टिँदा त्यसको प्रत्यक्ष मार राज्यलाईनै पर्ने तथा बाढीका कारण वन्यजन्तु समेत गम्भिर रुपमा प्रभावित भएको बताउँदै वन्यजन्तुको संरक्षणका लागि तत्कालै सरकारी टोलीले आवश्यक पहल गरोस् भन्ने जोडदार माग समेत गरिएको छ ।

अध्यक्ष सुमनद्धारा मंगलबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ

‘लगातारको वर्षासँगै आएको बाढीले मुलुकका तराई क्षेत्र गम्भिर रुपमा प्रभावित भए । बाढीका कारण मुलुकभर ९१ जना भन्दा बढीको मुत्यु र अर्बौ भौतिक क्षति भएको छ । बाढी र पहिरोबाट निधन भएका सम्पूर्णमा हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र उपचारको लागि सरकारसँग हामी आग्रह गर्दछौं ।
अकल्पनीय हिसाबले आएको बाढीबाट चितवनको पर्यटकीय क्षेत्र सौराहा पनि डुबानमा पर्यो । मुलुककै प्रमुख पर्यटकीय गन्तब्य सौराहाका सबै होटल र रेष्टुरेन्ट डुबानमा परेका छन् । बाढीबाट सौराहामा रहेका १ सय १० वटा होटलमा क्षति पुगेको छ भने हामीले गरेको सर्वेक्षणमा करिब १५ करोड क्षति भएको अनुमान गरेका छौं ।
लगातारको वर्षासँगै आएको बाढीका समयमा सौराहामा रहेका झण्डै छ सय पर्यटकलाई सुरक्षित रुपमा राख्न र तिनीहरुलाई सुरक्षित गन्तव्य तर्फ पुर्याउन सहयोग गर्ने सम्पुर्ण व्यवसायी, स्थानिय बासिन्दा लगायत सबै सुरक्षा निकायप्रति हामी हार्दिक धन्यवाद दिन चाहन्छौं । उहाँहरुको संक्रियता र स्थानीय होटल व्यवसायीको सचेतताका कारण मानवीय क्षति हुन पाएन । स्थानीय होटल व्यवसायीको समन्वय, कर्मचारी र स्थानीय जनताको सहयोगले हामीले ठूलो संकटसँग सजिलै जुध्न सकेका हौं।
हामीले बाढीको बहाव सकिने वित्तिकै होटल सरसफाई गरि संचालनमा भरमग्दुर कोशिस गरिरहेका छौ । बुधवारबाटै १५ वटा होटल संचालनमा आउनेछ भने अरु केही एक साताभित्र संचालनमा आउनेँछ । राप्ती किनारामा रहेका होटलमा बढी क्षति भएकोले ती होटल संचालन गर्न केही समय लाग्नेछ । हाम्रो प्राथमिकता भनेको जतिसक्दो चाँडो होटल संचालन गर्नु नै हो ।
समयमा नारायणगढ मुग्लिन सडक नबन्दा संकटमा रहेको सौराहाको पर्यटनलाई बाढीले थप आर्थिक ब्ययभार थपेको छ।करोडौं ऋण लिएर लगानी गरेका होटल व्यवसायी थप संकटमा परेका छन्।त्यसैले हामीले सौराहामा रहेका होटल व्यवसायीका लागि ऋणको ब्याजदरमा सहुलियत दिनका लागि सरकारसँग माग गर्छौं ।
सौराहाका होटल व्यवसाय आर्थिक रुपमा टाट पल्टिँदा त्यसको प्रत्यक्ष मार राज्यलाईनै पर्छ । यो वाहेक बाढीले वन्यजन्तु समेत गम्भिर रुपमा प्रभावित भएको हाम्रो अनुमान छ । वन्यजन्तुको संरक्षणका लागि तत्कालै सरकारी टोलीले आवश्यक पहल गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।’

अध्यक्ष सुमन घिमिरे


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर