back

लोकसंस्कृतिको संरक्षणमा एकअर्काबीचको सहयोग अपरिहार्य– उपप्रधानमन्त्री श्रेष्ठ

वि.सं.२०७४ साउन ३१ मंगलवार

567 

shares

gopal

३१ साउन, पोखरा । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले आदिवासी जनजातिले परम्परागतरुपमा मनाउँदै आएका लोकसंस्कृतिको संरक्षणमा एक अर्काबीचको सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

तमु धी नेपाल पोखराले आज यहाँ आयोजना गरेको ट्रहोटे पर्व कार्यक्रममा उहाँले गुरुङहरूले प्राचीनकालदेखि मनाउँदै आएको ट्रहोटे पर्वको माध्यमबाट समाजमा रहेका अज्ञानता र कुुरुति हटाएर मौलिक भेषभूषा र संस्कृतिको जगेर्ना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले आदिवासी जनजातिको हक र अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउँदै प्रदेशसभाको निर्वाचनमा उम्मेदवार चयन गर्दा पार्टीले समावेशी र प्रजातान्त्रिक सिद्धान्त अपनाउने दृढता व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश नं ४ मा जुन मतपरिणाम प्राप्त ग¥यो, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि त्यो साख जोगाउनुपर्ने उल्लेख गर्दै उहाँले काँग्रेसले एक्लै सरकार बनाउन सक्यो भने मात्रै छोटै समयमा देशमा आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले केही दिनको भीषण वर्षासंगै आएको बाढीले तराई र पहाडका धेरै जिल्लामा ठूलो धनजनको क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दै मानवीय उद्धार र राहतको कार्यमा जुट्न सबैसँग आग्रह गर्नुभयो ।

गत जेठ २१ र २२ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरुङ समुदायको तर्पmबाट आरोहण गर्ने दुईजना महिलालाई उहाँले सम्मान गर्नुभयो । सम्मानित हुनेमा संखुवासभाकी भूमिका गुरुङ र गोरखाकी नानुमाया गुरुङ रहेकी छिन् ।

यसअघि पोखराको टुँडिखेलबाट शुरु भएको ट्रहोटे पर्वको ¥यालीले नगर परिक्रमा गरी तमु धीको प्राङ्गगणमा पुगेर सभामा परिणत भएको थियो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार १३:१५ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...