back

लोकसंस्कृतिको संरक्षणमा एकअर्काबीचको सहयोग अपरिहार्य– उपप्रधानमन्त्री श्रेष्ठ

वि.सं.२०७४ साउन ३१ मंगलवार

156 

shares
NTC AD
Global IME AD

gopal

३१ साउन, पोखरा । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले आदिवासी जनजातिले परम्परागतरुपमा मनाउँदै आएका लोकसंस्कृतिको संरक्षणमा एक अर्काबीचको सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

तमु धी नेपाल पोखराले आज यहाँ आयोजना गरेको ट्रहोटे पर्व कार्यक्रममा उहाँले गुरुङहरूले प्राचीनकालदेखि मनाउँदै आएको ट्रहोटे पर्वको माध्यमबाट समाजमा रहेका अज्ञानता र कुुरुति हटाएर मौलिक भेषभूषा र संस्कृतिको जगेर्ना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले आदिवासी जनजातिको हक र अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउँदै प्रदेशसभाको निर्वाचनमा उम्मेदवार चयन गर्दा पार्टीले समावेशी र प्रजातान्त्रिक सिद्धान्त अपनाउने दृढता व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश नं ४ मा जुन मतपरिणाम प्राप्त ग¥यो, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि त्यो साख जोगाउनुपर्ने उल्लेख गर्दै उहाँले काँग्रेसले एक्लै सरकार बनाउन सक्यो भने मात्रै छोटै समयमा देशमा आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले केही दिनको भीषण वर्षासंगै आएको बाढीले तराई र पहाडका धेरै जिल्लामा ठूलो धनजनको क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दै मानवीय उद्धार र राहतको कार्यमा जुट्न सबैसँग आग्रह गर्नुभयो ।

गत जेठ २१ र २२ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरुङ समुदायको तर्पmबाट आरोहण गर्ने दुईजना महिलालाई उहाँले सम्मान गर्नुभयो । सम्मानित हुनेमा संखुवासभाकी भूमिका गुरुङ र गोरखाकी नानुमाया गुरुङ रहेकी छिन् ।

यसअघि पोखराको टुँडिखेलबाट शुरु भएको ट्रहोटे पर्वको ¥यालीले नगर परिक्रमा गरी तमु धीको प्राङ्गगणमा पुगेर सभामा परिणत भएको थियो ।

वि.सं.२०७४ साउन ३१ मंगलवार १३:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...