Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

ओस्लोका नेपालीलाई नचाउन जादैँ छन् गायक गौतम र गायिका थापा



shakuntala thapa

३२ साउन, काठमाडौँ । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुगम संगीतका साधक  थानेश्वर   गौतम पछिल्लो समयमा सालैजो, रोईला र गजल हरूले धेरै चर्चामा छन। यसपालि तिजलाई मध्यनजर गरि आएको आफु त तिजमा पनि गजल गाइन्छ बोलको गीत बिशेष चर्चामा छ। साथै उनलाइ साथ दिन नेपाली लोक दोहोरि क्षेत्रकी चर्चित गायिका शकुन्तला थापा पनि ओस्लो आऊने भएकी छन ।

thaneshor

नेपाली महिला हरूको महान चाड हरितालिका तिजको अवसर पारेर नेपाली पोर्तुगिज समाज नर्वेले आगामी अगस्त २० तारिक आईतबारका दिन ओस्लोमा आयोजना गरिएको तिजको दर खाने कार्यक्रमको साथमा उक्त सांगितिक कार्यक्रम हुदै छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद नर्वेको विशेष पहलमा यहा नर्वे स्थित अन्य नेपाली संघ संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरियको समाजका अध्यक्ष हरि बहादुर बानियाले जानकारी दिनु भयो। यति बेला नेपालमा भैरहेको बाढी पहिरोलाई ध्यानमा राखेर कार्यक्रम स्थगन गर्न खोजियको भएता पनि पूर्वनिर्धारित कार्यक्रम भएको र धेरै जसो ब्यवस्थापकीय खर्च भैसकेको कारण कार्यक्रम स्थगित गर्न नसकिएको बरु कार्यक्रम बाट हुने बचत आर्थिक नेपालमा बाढी पिडीतहरूलाई सहयोग गर्ने योजना बनाईएको उक्त कार्यक्रमका संयोजक प्रेम परियारले जानकारी दिनु भयो। कार्यक्रम ,को हलमा संयुक्त रुपमा दर खाने र बिशेष तिज सांस्कृतिक कार्यक्रम रहेकोले सम्पूर्ण नेपाली संघ सस्था सहभागी भई गरिने कार्यक्रमको अन्तिम तयारि पुरा भएको जनाकारी दिदै सम्पूर्ण नर्वे निबासी दिदीबहिनी तथा दाजुभाई हरूलाई उपस्थितिका निम्ति हार्दिक निमन्त्रण र अनुरोध गरिएको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी