Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली महिला समूह ओमानले तिज कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने



teej1ओमान । नेपाली महिला समूह ओमानको छैठौं प्रस्तुति महिलाहरूको महानपर्व तिजको अवसरमा भव्य कार्यक्रम हुने भएको छ ।
तिजको कार्यक्रमबाट संकलित रकम बाढिपिडितलाई पठाइने समूहकी अध्यक्ष उमा आचार्यले जानकारी गराउनु भएको छ । राजधानी मस्कट स्थित अलमासा हल रूबिमा यही अगस्ट २५ तारिकका दिन बिहान ११ बजे देखि तिज विशेष कार्यक्रम आयोजन गर्ने भएको छ ।
‘हामी नारि सबै को चिनारी, हामी नारी एक होउ’ भन्ने नाराका साथ हुन गइरहेको तिज कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायिका उमा गिरि र मिना अधिकारी आउने बताइएको छ ।
कार्यक्रममा प्रवेश शुल्क ओमानी रियाल ४ राखिएको छ । तिज कार्यक्रममा दर्ताका लागि उमा ढुङ्गाना , माधि गुरूङ, गोमा थापा , गोमा पाण्डे , पार्वती श्रेष्ठ , सपना गुरूङसँग सम्पर्क गर्नका लागि नेपाली महिला समूह ओमानका अध्यक्ष उमा आचार्यले आग्रह गर्नु भएको छ ।
दुःखमा परेका बाढि पिडितहरूको लागि राहत संकलनमा सहयोग गर्नका तिज कार्यक्रममा उपस्थित हुनका लागि ओमानवासी नेपालीहरूलाई आयोजक संस्था नेपाली महिला समूह ओमानले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट