वार्षा पोल्याण्ड । गैर आवाशीय नेपाली संघ पोल्यान्डको चौथो अधिबेशन सम्पन्न भएको छ ।
पोल्याण्डको राजधानी वार्सामा अगस्त १३ का का दिन एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसीको पर्यवेक्षणमा सम्पन्न भएको अधिबेशनले आगामी २०१७–१९ का लागि गोपाल राइलाई अध्यक्षमा चयन गरेको छ ।
टोप बहादुर गैह्रे प्रमुख र सबिन घिमिरे तथा कविन्द्र सुबेदी सदस्य रहेको तीन सदस्यीय निर्बाचन आयोगले अधिबेशन सम्बन्धि सम्पूर्ण प्रक्रिया पूरा गरि सम्पन्न गरेको अधिबेशनको प्रथम सत्रको सभापतित्व डा. बोधराज सुबेदीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन श्रीकृष्ण न्यौपानेले गर्नु भएको थियो ।
अधिबेशनको खुला सत्रमा संघका तत्कालिन निबर्तमान बरिष्ठ उपाध्यक्ष श्री मित्रलाल पार्देले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको थियो भने आईसिसि सदस्य डा. एलिनी पोख्रेल सुबेदी र प्रमुख अतिथि भिम के।सी कमलले अधिबेशनको सफलताको लागि शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यस्तै उपस्थित जनमानसका तर्फबाट अमृत कुमार गुङ्गले हरेक देशका समन्वय समितिको सम्पर्क नम्बर बिदेशिने नेपालीलाई नेपालमै उपलब्ध गराउन गैर आवाशीय नेपाली संघले पहल गर्नु पर्ने लगायतका सुझाबहरु राख्नु भएको थियो ।
अधिबेशनको दोश्रो सत्रमा अत्यन्तै सौहार्दपुर्ण र मर्यादित बाताबरणमा गैर आवाशीय नेपाली संघ पोल्याण्डको २०१७–२०१९ का लागि आंशिक निर्बिरोध र आंशिक चुनाबी प्रक्रियाबाट निम्नानुसारको कार्य समितिको गठन गरेको छ ।
अध्यक्ष गोपाल राई , बरिष्ठ उपाध्यक्ष नरेश सापकोटा, उपाध्यक्ष जिबन के.सी, महासचिब श्रीकृष्ण न्यौपाने, सचिब बिष्णु सापकोटा, कोषाध्यक्षभिम बहादुर खड्का, महिला संयोजक श्रीमती सिर्जना थापा,युवा संयोजक सोम सैंजु तथा सदस्यहरुमा चतुर तामाङ्ग, दोर्जे लामा, मायाँ पुलामी रहेका छन् ।
त्यस्तै संघको आइसीसी सदस्य तथा संरक्षकमा डा.बोधराज सुबेदीलाई मनोनित गरेको छ ।
अधिबेशन पश्चात नब निर्बाचित पदाधिकारीहरुको बैठकले लेखासमिति २०१७–२०१९ का लागि संयोजकमा श्रीमति रिता न्यौपाने,सचिबमा कविन्द्र सुबेदी र दिपेन्द्र सिलवाललाई मनोनित गरेको छ भने सल्लाहाकारमा डा. एलिनी सुबेदी (बरिष्ठ), टोप बहादुर गैह्रे क्षेत्री र मित्रलाल पार्देलाई मनोनित गरेको छ ।
स्मारण रहोस अधिबेशनका दुवै सत्रमा नरेश सापकोटाले निःशुल्क पानी तथा जुसको ब्यबस्था गर्नु भएको थियो ।