back

झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

वि.सं.२०७४ भदौ १ बिहीवार

252 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१ भदौ, सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ ।

एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्यालयमा बिदा दिइएको शिक्षक भेषनाथ बनले जानकारी दिनुभयो ।

ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।

डाक्टर बस्नेतका अनुसार खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताउनुभयो ।

वि.सं.२०७४ भदौ १ बिहीवार ०३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...