back

साउदी एनआरएनएले तय गर्यो उम्मेदवार, रिक्त नै रह्यो उपाध्यक्ष दुई र तिन सदस्य

वि.सं.२०७४ भदौ १ बिहीवार

585 

shares
GLOBAL IME AD
NTC AD

nrna1पुर्ण सुहाङ, जिजान ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबले ०१७-१९ कार्यकालको लागि उम्मेदवारको छिनोफानो गरेको छ ।

साउदी एनआरएनले गत अगष्ट २ तारीक अनलाइन सदस्यता फार्मलाई शिल गरे संगै १४८१ जनालाइ IMS प्रणाली द्वारा सदस्यता नम्बर उपलब्ध गराउदै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बिधानको दफा १३.१ तथा १३.२ मा रहेर आइसिसि सदस्य – १, अध्यक्ष – १, वरिष्ठ उपाध्यक्ष -१ , उपाध्यक्ष – ४, महासचिव -१ ,सचीव -१ , कोषाध्यक्ष -१ , महिला संयोजक -१ ,युवा संयोजक – १, पुर्वी सदस्य – २ , अल कसिम – १ , जेद्धा -१ , ताबुक -१ , रियाद -१ र स्वतन्त्र सदस्य-७ जनाको लागि १० अगस्ट सम्म उम्मदेवारी आवेदनको आव्हान महाधिवेशन निर्वाचन समितिले गरेको थियो।

अगस्ट ११ तारिक साउदी एनआरएनएको आधिकारिक वेबसाईट www.nrnaksa.org र सामाजिक सञ्जाल फेसबुकले आइसिसि सदस्यको लागि व्यवसायी जोन अर्याल , अध्यक्षको लागी नारायण पासवान , एक वरिष्ठ उपाध्यक्ष डम्बर यादव , दुई उपाध्यक्ष धुर्व कुमार रिजाल – उषा न्यौपाने केसी , ,एक महासचिव-तेजबहादुर थापा , एक सचीव-विशाल कुमार श्रेष्ठ , दुइ कोषाध्यक्ष-मोहम्द जैनुल अब्दिन र सन्तोष लुंइटेल , एक सह कोषाध्यक योगेन्द्र बहादुर श्रेष्ठ , महिला संयोजक एक रबिना अर्याल , युवा संयोजक एक राज कुमार श्रेष्ठ , सदस्य (पुर्बी क्षेत्र) दुई भोला नाथ पौडेल र रोशन कुमार श्रेष्ठ , सदस्य (अल कसिम) एक भक्त रार्इ , सदस्य (ताबुक)एक मनोज बराल , सदस्य (रियाद) एक शरद कुमार शर्मा , सदस्य स्वतन्तमा पाँच उमेश भटरार्इ , दिपक शाही, बिष्णु पोख्रेल ,नारायण भटरार्इ , भुपेन्द्र लामाको उम्मेदवारी परेको तालिका पोस्ट गरेको थियो लगतै अधिवेशन निर्वाचन समितिले १० देखि १४ अगस्ट सम्म आकांक्षी उम्मेदवार विरुद्ध बिरोध वा उजुरीको लागि समय दिएको थियो । उक्त वेबसाईट र फेसबुक सञ्जाल मार्फत अगस्ट १५ मा पुन आकांक्षी उम्मेदवार माथी बिरोध वा उजुरी नपरेको महाधिवेशन समितिले सुचना जारी गरेको छ ।

कोषाध्यक्ष बाहेक सबै निर्बिरोध “कोषाध्यक्षलाई पनि सहमतीबाटनै निकास दिन्छौं”
-महाधिवेशन समिती संयोजक- चन्द्र प्रकाश भण्डारी

उम्मेदवारी आवेदन र बिरोध वा उजुरिको पनि म्याद सकिएको हुनाले कोषाध्यक्ष बाहेक सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन ।

कोषाध्यक्षको लागि भने मोहम्द जैनुल अब्दिन र सन्तोष लुंइटेलले उम्मेदवारी लगाए संगै भोटिङ प्रक्रिया सम्मनै पुग्नुपर्ने होकि भन्ने आशंका व्यक्त छ । कोषाध्यक्षकै बिषयलाइ लिएर महाधिवेशन समिती संयोजक चन्द्र प्रकाश भण्डारीलाई जिज्ञासा राख्दा भण्डारीले दुबै जना अत्यन्तै सकारात्मक रहेकोले केहि दिनमै सहमतिबाटनै निकास निस्कने दाबी गर्नु भएको छ ।

रिक्त रह्यो २ उपाध्यक्ष २ स्वतन्त्र सदस्य र एक जेद्धा सदस्य

महाधिवेशन समितिले ४ उपाध्यक्षको लागि आव्हान गरेपनी हाल दुई उपाध्यक्ष धुर्व कुमार रिजाल र उषा न्यौपाने केसीको मात्र उम्मेदवारी दर्ता भएको छ । त्यसरीनै स्वतन्त्र सदस्यमा पनि पाँच जनाको मात्र उम्मेदवारी परेको छ भने यता जेद्धाले कुनै उम्मेदवारी दिएको छैन । यस रिक्तताको बिषयमा अधिवेशन संयोजक चन्द्र प्रकाश भण्डारीलाई जिज्ञासा राख्दा महाधिवेशन पछिको नया कार्यसमितिले मनोनय गर्ने यद्यपि एनसीसी सदस्य वा उपाध्यक्षको लागि बिधान अनुसारनै मनोनय हुने बताउनु भएको छ ।

साउदी एनआरएनए एनसीसीको छैटौं महाधिवेशन यहि सेक्टेम्बर २ तारिक दमामको अलख्याम होटलमा हुदैछ ।

वि.सं.२०७४ भदौ १ बिहीवार ०४:२२ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...