back

बाढीले धनुषामा थप दुईको ज्यान गयो

वि.सं.२०७४ भदौ १ बिहीवार

456 

shares

flood

१ भदौ, धनुषा । अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ ।

धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ ।

साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा मृत्यु भएको स्थानीय सुजीतकुमार मण्डलले जनाएका छन् । नहरमा खसेका साह तीव्रगतिमा चलेको पानीको भेलले बगाएर लगेको अवस्थामा करिब एक किलोमिटर परबाट उद्धार गरिए पनि उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी १४ वर्षीया रेखाकुमारी यादवको पनि बुधबार नै मृत्यु भएको छ । अविरल वर्षासँगै पानीको मुहान दूषित बनेपछि उनलाई पेट दुख्ने समस्या देखिएकाले तत्कालै उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

यादवलाई पेट दुख्ने, रिङ्गटा लाग्नेजस्ता समस्या देखिएकाले तत्काल प्राथमिक उपचार गरेर जनकपुर ल्याउन खोजिए पनि बाढीका कारण प्रायः सबै बाटो कटान गरेकाले समयमै उपचार पाउन नसकेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

यसैगरी लगातार रुपमा आएको बाढीले कमला सिद्धिदात्री गाउँपालिकाको माचि झिट्कैया शराबे टोलमा घर भत्किएर ढल्दा ५० वर्षीय बहुरा सहनी सख्त घाइते भएका छन् । उनलाई जनकपुर उपचारका लागि ल्याउन खोजिए पनि बाटो अवरुद्ध भएका कारण हाल भारत विहारको दरभंगामा उपचार भइरहेको परिवारजनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लगातारको वर्षाका कारण धनुषाका विभिन्न क्षेत्र अस्तव्यस्त भएका छन् ।

वि.सं.२०७४ भदौ १ बिहीवार ०५:०८ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...