Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

तिलोत्तमाको बजेट रु एक अर्ब ६९ लाख



 १ भदौ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४÷७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले बुधबार रु एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गर्नुभएको हो । मंगलबार नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट बुधबार बैठकमा पेश भएको हो ।

बजेटमा चालु खर्चतर्फ रु ४८ करोड ७९ लाख छ हजार र पूँजीगततर्फ रु ५१ करोड ९० लाख ४९ हजार ६८९ विनियोजन गरिएको छ । चालु खर्चमा सामाजिक सुरक्षा भत्ता मात्र रु १३ करोड छ ।

नगरपालिकाले समानीकरण अनुदानबाट रु ६७ करोड ४९ लाख ४९ हजार, आन्तरिक स्रोतबाट रु १४ करोड र गत आवको मौज्दातबाट रु १९ करोड २० लाख छ हजार ६८९ प्राप्त गर्ने बजेटमा उल्लेख छ ।

बजेटमा ठूला पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास तथा अन्य कार्यक्रममा रु १२ करोड आठ लाख २७ हजार, सडक कालोपत्रेतर्फ रु सात करोड ७० लाख, सडक मर्मततर्फ रु ४५ लाख विनियोजन गरिएको छ । यस्तै, अन्य ठूला पूर्वाधार निर्माणमा रु चार करोड १४ लाख र सडक ग्राभेलतर्फ रु सात करोड ९० लाख गरी ३३ करोड १४ लाख विनियोजन गरिएको छ ।

साना पूर्वाधार योजनामा सडक कालोपत्रेमा रु दुई करोड ७९ लाख, कल्भर्ट निर्माणमा रु एक करोड तीन लाख ३५ हजार, पर्यटन प्रवद्र्धनतर्फ रु ६२ लाख १२ हजार, अन्य साना पूर्वाधार कार्यक्रमतर्फ रु दुई करोड गरी जम्मा रु छ करोड ४४ लाख ४७ हजार विनियोजन गरिएको छ ।

बजेटमा बालबालिकातर्फ रु दुई करोड, महिलातर्फ रु एक करोड ६० लाख, मुस्लिम मधेशी तथा पिछडा वर्ग विकास कार्यक्रममा रु आठ लाख, दलित वर्ग उत्थान विकास कार्यक्रममा रु १२ लाख, अपाङ्ग उत्थान विकास कार्यक्रममा रु १२ लाख, ज्येष्ठ नागरिक उत्थान विकास कार्यक्रममा रु ६१ लाख ५० विनियोजन गरिएको छ ।

युवा उत्थान विकास कार्यक्रममा रु ७० लाख, आदिवासी जनजाति उत्थान विकास कार्यक्रममा रु ६१ लाख, कृषक विकास कार्यक्रममा रु दुई करोड १८ लाख विनियोजन गरिएको छ । त्यस्तै, बजेटमा समपूरक कोषतर्फ रु एक करोड ५० लाख विनियोजन गरिएको छ जसमा संघसंस्थासँग साझेदारी कार्यक्रममा रु ८० लाख, भाषाकला संस्कृतिमा रु १० लाख, सडक बोर्डतर्फका कार्यक्रममा रु ६० लाख विनियोजन गरिएको छ ।

बजेटमा चालु आवका लागि चौथो नगर परिषद्बाट पारित योजना तथा कार्यक्रम यथावत राख्दै थप कार्यक्रम समावेश गरिएको हो । प्रत्येक वडामा कम्तीमा रु ७५ लाखसम्मका वडास्तरीय कार्यक्रम बजेटमा राखिएको छ भने सबै वडामा नगरस्तरीय कार्यक्रम पनि राखिएको छ ।

यसै वर्ष तिलोत्तमा नमूना सडक, नगरपालिकाको भवन, छवटा वडा कार्यालयको भवन, तिलोत्तमा भ्यूटावर साथै तिलोत्तमा बसपार्कको निर्माण कार्य शुरु गर्नेगरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी