Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

अग्रज पत्रकार गौतम पुरस्कृत



१ भदौ, इलाम  । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कारबाट इलामका अग्रज पत्रकार धर्म गौतम पुरस्कृत हुनुभएको छ ।

श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले पत्रकार गौतमलाई रु ११ हजार १११ राशिको पुरस्कार प्रदान गरेको हो । साहित्यकार माधव भण्डारीले सोमबार एक कार्यक्रमबीच गौतमलाई पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, इलामका संस्थापक सभापति समेत रहनुभएका गौतम विगत चार दशकयता पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ स्थानीय रेडियोमा विभिन्न कार्यक्रम सञ्चालन तथा दैनिक पत्रिकामा नियमित स्तम्भसमेत लेख्नुहुन्छ । गुठीले मेची अञ्चलमा इलाममा रही लामोसमयसम्म पत्रकार गर्नुभएकोमा सो पुरस्कार प्रदान गरिएको जनाएको छ ।

गुठीका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा प्राध्यापक भण्डारी, पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्य, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौला, महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक केशबहादुर राई, पत्रकार डा देवी क्षेत्री दुलाललगायतले गौतमले पत्रकारितामा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा