
मकाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको कोषाध्यक्षमा प्रेम कुमार विकले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआएनए मकाउको कोषाध्यक्ष पदमा रहेर मकाउमा कार्यरत नेपालीको सुख दुःखमा साथ दिन तथा एनआरएनए मकाउलाई बलियो र मजबुत बनाउनका लागि आफ्नो उम्मेदवारी दिएको विकले बताएका छन् ।
सन् २००६ देखि मकाउलाई आफ्नो कर्मभूमि बनाएका विकले २०१७–२०१९ का लागि कोषाध्यक्षको उम्मेदवारी घोषणा गर्दै मकाउमा रहेका नेपालीको सेवा गर्ने इच्छा रहेकोले आफूलाई कोषाध्यक्षपदमा सघाउन मकाउका नेपाली समक्ष अनुरोध गरेका छन् ।
विकले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै भनेका छन्,
‘नमस्कार,म प्रेम कुमार बि कबाट, मकाऊ एनआरएनएको कोषाध्यक्ष पदमा ऊमेदवार घोषणा
बिभिन्न पेसा तथा ब्याबसाय गरेर बस्नु भएको सम्पुर्ण मेरो आदरणिय दाजु भाई दिदी बहिनी बुद्दिजिबी समाजसेबि साथीहरूमा आभार प्रकट गर्दछु ! सबै क्यासिनो होटल कम्पनीमा कार्यरत तथा ब्याबसाय गरी बस्नु भएका नेपाली दाजु भाई दिदी बहिनीहरूलाई मेरो आग्रह तपाई हामी सबैलाई थाहा छ, आऊदो सेम्टेम्बरमा भेनेसन क्याफेडेकोमा हुन गई रहेको ५ औ अधिबेसन र नयाँ कार्यसमिती गठन प्रकृया हुने कुरा सर्ब बिधितै छ । अब यो एनआरएन मकाउको कार्यसमिती लाईन कतचयलन यचनबलष्शबतष्यल बनाएर दर्हिलो क्वालिटीको संगठन निर्माणको लागी मेरो कोषाध्यक्ष पदमा ऊमेदवार घोषणा गर्दछु ।
ऊक्त पदमा रहेर सबै नेपालीहरूको सेबा गर्ने मौका पाऊन पाए मैले सक्दो यस संस्थालाई बलियो मजबुद बनाऊने छु भन्ने मेरो प्रतिबद्दता जÞाहेर गर्दछु । मैले २००६ देखि आजसम्म यस कर्मभुमि मकाऊमा रहेर हरेक ठाउँमा ऊपस्थिति जनाई दुःख सुख सबैमा मेरो साथ रहदै आएको र आऊदा दिनमा पनि अझ बढी प्रभाबकारी बनाई यस पदमा रहि ईमान्दारपुर्बक सेवामा संग्लग्न रही सेवा गर्ने मेरो प्रबल ईच्छा भएको हुँदा सबै मकाऊमा कार्यरत आदरणिय दाजु भाई , दिदी बैनि सबै साथी हरूसंग मेरो हार्दिक अनुरोध छ ! यस पदमा मलाई अत्याधिक भारी बहुमतको समर्थनबाट बिजय हासिल गराई यस पदमा रही काम गर्ने मौका प्रदान गर्नु होला भनि सबै संग मेरो हार्दिक अनुरोध गर्दछु ।’
प्रेम कुमार विक
कोषाध्यक्षको उम्मेदवार