
१ भदौ एजेन्सी । घरेलु मैदान सान्टिएगो बर्नेबाउमा वार्सिलोनालाई समग्रमा ५- १ गोल अन्तरले हराउदैँ रियलले स्पेनिश सुपर कपको उपाधि जितेको छ । अघिल्लो खेलमा ३- १ को जित निकालेको रियलले दोस्रो लेगमा २- ० गोल अन्तरले हराएको हो । हिजो राति भएको खेलमा रियलको जितमा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक एक गोल गरे थिए । पहिलो लेगमा पनि उत्कृष्ट गोल गरेका एसेन्सियोले पुन दास्रो लेगमा पनि करिब २५ यार्डबाट सुन्दर गोल गरेका थिए ।
सन् २०१२ मा सुपर कपको उपाधि जितेको रियलले सुन् २०१४ मा उप विजेता बनेको थियो ।
जित सँगै रियलले १० दिनको अन्तरमा २ ओटा उपाधि जितेको छ । यस अघि रियलले म्यानचेष्टर युनाईटेडलाइ हराउदै युएफा सुपर कपको उपाधि जितेको थियो । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले डेढ वर्षको अवधिमा ७ उपाधि जितेको छ ।