Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

डुबेको अवस्थामा मृत भेटिइन् साइप्रसमा यमुना



yamina-magarसाइप्रसमा कार्यरत एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । साइप्रसको निकोसियामा कार्यरत रामेछापकी २२ वर्षीया यमुना खपांगी मगर १३ अगस्तका दिन परलिम्नि कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुलमा मृत भेटिएकी हुन् ।
रामेछाप टोकरपुर ८ पुन्चेटका स्याम बहादुर थापा मगरकी माइली छोरी यमुना साइप्रस पुगेको १६ महिना पुगेको थियो ।

yamuna2
आफू कार्यरत घरका मालिकको परिवारसँग विदा मनाउन गएकी यमुना अत्यन्तै इमान्दार, मेहनती रहेको उनका साथीहरुले बताएको एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लले बताएका छन् ।

उनको मृत्युले साइप्रसमा रहेका नेपाली संघसंस्था तथा एनआरएनए परिवार अत्यन्तै मर्माहत भएको अध्यक्ष सुवास मल्लले संसारन्युज डटकमलाई बताएका छन् ।
‘यमुनाको मृत्युले साइप्रसबासी नेपालीहरुलाई मर्माहत बनाएको छ । यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’ मल्ले भनेका छन् । मल्लका अनुसार विस्तृत जानकारी होनरी कन्सुलेटमार्फत दिइने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी