Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

अनाधिकृत रुपमा राहत संकलन गर्नेसँग सावधान रहन राजदूतको आग्रह



oman1ओमान । नेपाली राजदूतावास मस्कट ओमानले यहाँ रहेका सक्रिय संघ संस्थाहरूका प्रतिनिधिहरूसंग दूतावास परिसरमा नेपालमा केही दिन देखि भएको अविरल वर्षाका कारण प्रभावित व्यक्ती तथा परिवारहरू लाई गर्न सकिने सहयोगका बारेमा एक छलफल कार्यक्रम आयोजन गरेको थियो ।
नेपाली राष्ट्रिय गानबाट सुरुवात भएको उक्त छलफल कार्यक्रममा राजदूत शर्मिला पराजुली ढकालको सभापतित्व रहेको थियो । साथै बाढी, पहिरो र डुबानबाट जीवन गुमाउनु भएको नेपालीहरूको चिर शान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ ओमान तथा अन्य केही राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले आ–आफनो संगठनको निर्देशन अनुसार राहत रकम संकलन गरेको र केन्द्रकै दैवि प्रकोप खातामा जम्मा गरिने जानकारी दिएका थिए भने केही संघ संस्थाका प्रतिनिधित्वहरूले नेपाल सरकारले राहत वितरणका लागि यस पटक लागू गरेको एकद्धार प्रणाली सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रमको अन्तमा राजदूत पराजुलीले नेपालमा आएको दैवीप्रकोप यस दुःखद अवस्थामा ओमानमा रहनु भएका संघ संस्थाहरूले गरिरहेको कार्यको बारेमा जानकारी लिन छलफल कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै २०७२ सालमा नेपालमा गएको महाभूकम्पका बेलामा ओमानवासी नेपालीहरूले गर्नु भएको सहयोगको प्रशंसा गर्नु भएको थियो ।
राजदूत पराजुलीले दूतावासको मातहतमा संकलनका लागि नेपाल सरकारबाट हालसम्म कुनै निर्देशन नआएको हुनाले आफनो स्वेच्छाअनुसार रकम सहयोग गर्न चाहनु हुने नेपालीहरूले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषको तोकिए बमोजिमका बैंकहरूको खातामा रकम जम्मा गर्न सकिने गृह मन्त्रालयको सूचनाको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी अनाधिकृत रूपमा राहत रकम संकलन गरि राहत रकम दुरुपयोग गर्नेहरू संग सबै नेपालीहरूलाई सावधान रहन दूतावासले अनुरोध गरेको छ ।
सो अवसरमा राजदूत पराजुलीले दैवीप्रकोप बाट प्रभावित व्यक्ती तथा परिवारहरूलाई राहत स्वरूप आफ्नो एक महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषको नेपाल बैंक लिमिटेड काठमाडौको खाता नम्बर ००२–११–०५३३–१३ मा जम्मा गर्नु भएको व्यहोरा जानकारी गराउनु भएको थियो ।
सो अबसरमा अवसरमा पत्रकार, संघ संस्थाका प्रतिनिधिहरू तथा दुतावासका प्रतिनिधिहरू गरि ३० जनाको सहभागीता रहेको नेपाली राजदूतावास मस्कट ओमान द्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा