Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

पर्वतमा मगर समुदायका ३७ जनप्रतिनिधि, पैँयु गाँउपालिकाबाट ८ जना



magar

१ भदौ , फलेवास (पर्वत) । जनसंख्याको हिसाबले मुलुकमै चौथो स्थानमा पर्ने मगर समुदायबाट पर्वतमा स्थानीय तहको चुनावमा ३७ जना जनप्रतिनिधि विजयी भएका छन् ।

जिल्लाका सातवटा स्थानीय तहमा निर्वाचित २१९ जनप्रतिनिधिमध्ये ३७ जना (१२ प्रतिशत ¬)मगर समुदायका व्यक्ति निर्वाचित भएका हुन् । विजयीमध्ये दुईजना उपप्रमुख र पाँचजना वडाध्यक्ष बाँकी सदस्य छन् ।

जिल्ला समन्वय समितिको उपप्रमुखमा मगर सामुदायकै यामकुमारी राना र जलजला गाउँपालिकाको उपाध्यक्षमा सीमा गर्बुजा पुन विजयी हुनुभएको हो ।

त्यस्तै शालिजा, बाँसखर्क, बनौ, क्याङ र लेखफाँटमा वडाध्यक्षसमेत मगर समुदायबाटै विजयी भएका छन् भने बाँकी ३० जना वडा सदस्यमा विजयी भएका हुन् । कुश्मा नगरपालिकाबाहेक सबै गाउँ र नगरपालिकामा मगर समुदायका जनप्रतिनिधिको उपस्थिति रहेको नेपाल मगर सङ्घ पर्वत जिल्ला उपाध्यक्ष युवराज पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जलजला गाउँपालिकामा सबैभन्दा बढी १२ जना, पैंयु गाउँपालिकामा आठजना, मोदी गाउँपालिकामा छजना, महाशिला गाउँपालिकामा छजना, विहादी गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एकजना मगर समुदायका प्रतिनिधि विजयी भएका हुन् ।

“पर्वत जिल्लाको इतिहासमै स्थानीय तहमा धेरै मगर समुदायको प्रतिनिधित्व भएको पहिलोपटक हो, हामी निकै हर्षित छौ । ” मगर समुदायका अगुवा हरिबहादुर रानाले भन्नुभयो ।

यसैबीच नेपाल मगर सङ्घ जिल्ला कार्यसमितिले बुधबार एक कार्यक्रम गरी स्थानीय तहको निर्वाचनमा विजयी हुने मगर समुदायका जनप्रतिनिधिलाई स्वागत गरेको छ । सो अवसरमा सांसद अर्जुनप्रसाद जोशीले जातीय एकता आजको आवश्यकता भएको बताउनुभयोे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी रानाले जिल्लाको समग्र विकास निर्माण र आमजनमानसका आवश्यकतालाई सम्बोधन गर्नका निम्ति आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला