
१ भदौँ काठमाडौँ । सन् २०१५ को सिजनको अन्त्यमा तत्कालीन प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई क्लब प्रशासनले बर्खास्त ग¥यो कारण थियो सिजन उपाधिबिहिन भएर सकियो भनेर । अघिल्लो सिजन ४ वटा उपाधि जिताएका एन्सेलोट्टीलाई क्लब प्रशासनले बर्खास्त गर्दा रियलका सर्मथकहरुले उक्त कुराको निकै आलोचना गरेका थिए । त्यसपछि रियलको बागडोर सम्हाल्न आएका प्रशिक्षक राफेल बेनिटेज रियलमा धेरै बेर टिक्न सकेनन् ड्रेसिङ रुममा खेलाडीसँगको नराम्रो सम्बन्ध, अपेक्षित नतिजा नआएपछि रियलको प्रशासन बोर्डले राफेल बेनिटेजलाई बर्खास्त ग¥यो त्यसपछि निकै चुनौतीका माझ क्लब प्रशासनले पुर्व खेलाडी जिनेदिन जिदानलाई प्रशिक्षकको जिम्मेवारी सुम्पियो
।
रियलको प्रशिक्षकको रुपमा आएका ४ महिना भित्रमै उनले रियललाई च्याम्पियन्स लिगको उपाधि जिताए । त्यसपछि रियलले युएफा सुपर कप दुई पटक, लालिगा एक पटक, क्लब वल्र्ड कप एक पटक, पुनः च्याम्पियन्स लिग तथा हालसालै स्पेनिश सुपर कपको उपाधि जिताई सकेका छन् । उनले डेढ वर्षको छोटो अवधिमा ७ वटा उपाधि जिताईसकेका छन् । उनले प्रशिक्षकको रुपमा जित्न बाँकी रहेको एउटा कोपा डेल रे मात्र रहेको छ । ड्रेसिङ रुममा खेलाडीसँगको सुमधुर सम्बन्धको कारण उनी खेलाडी माझ निकै लोकप्रिय छन् । अझ उनलाई अर्को शब्दमा भन्ने हो भने उनी रियल म्याड्रिडको सफलताको पर्यावाची बन्दै आएका छन् ।