Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नयाँ इस्योरेन्स कम्पनी थपियो



१ भदौ, काठमाडौँ । मुलुकको २७ औँ बीमा कम्पनीका रुपमा आइएमई लाइफ इस्योरेन्स कम्पनीले आजदेखि सेवा शुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज यहाँ निजी क्षेत्रबाट प्रवद्र्धित उक्त नयाँ बीमाकंको कारोबारको शुभारम्भ गर्नुभयो । दश वर्षको प्रयासपछि बीमा समितिबाट गत असार २० गते उक्त कंले कारोबार संचालनको अनुमति पाएको हो । पछिल्लो पटक संचालन अनुमतिप्राप्त इस्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिले उक्त कम्पनीले सेवा शुरु गरेको हो ।

त्यस अवसरमा अध्यक्ष चापागाईंले बीमाको बजार वृद्धिसँगै आर्थिक गतिविधिमा बढोत्तरी हुने बताउँदै दैवी विपत्ति तथा अन्य जोखिमका अवस्थामा जीवन बीमाबाट प्राप्त हुने लाभबारे जानकारी दिनुभयो । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल बीमा संघका कावा अध्यक्ष दीपप्रकाश पाण्डेले नेपालको बीमा बजार र त्यसको अपरिहार्यताबारे बताउनुभएको थियो । रासस


-->

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको

म्याग्दी। गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।