Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग



२ भदौ, उर्लाबारी,मोरङ । दुवै मिर्गौला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ ।

धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले संकलन गरेको सो रकम बिहीबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।

उर्लाबारी परिवार हङकङका अध्यक्ष विकास लिम्बूले उक्त रकम मञ्जुकी आमा हेलेन धिमाललाई हस्तान्तरण गर्नुभयो । हङकङमा उर्लाबारी हङकङ परिवारका अध्यक्ष लिम्बूसहित सुष्मा वाइवा, लिलम भुजेल, प्रेमरोज राई, जितेन चोङबाङलगायतले त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग संकलन गर्नुभएको थियो ।

हालसम्म विभिन्न संघसंस्था तथा सहयोगीदाताबाट धिमालको उपचारका लागि रु नौ लाखभन्दा बढी सहयोग जुटेको र बिरामीको उपचारमा सहजता हुँदै गएको मञ्जु धिमाल बचाऊ अभियानका सदस्य एवं सञ्चार क्लब उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

छ महिनाअघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्नसमेत सकस परिरहेकै अवस्थामा मिर्गौलामा खराबी देखिएपछि मञ्जुमाथि थप पीडा थपिएको छ ।

दुई सन्तानकी आमासमेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । उनको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचार भइरहेको छ ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.