Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

धनकुटामा नौ हजार मतदाता थपिए



२ भदौ, धनकुटा। प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन् । छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ ।

सीमित साधनस्रोत र जनशक्तिबाट सातवटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख प्रदीप शाहले बताउनुभयो ।

दुई निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ ।

अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाले नामावलीमा नाम समावेश गरेका छन् । नामावली संकलनसँगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउनसमेत निवेदन आह्वान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा