Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाले १ हजार बाढीपीडितलाई खाना खुवायो



२ भदौ, राजविराज। खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार खाना खुवाएको छ ।

जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र तरकारीसहित खाना खुवाएको नेपाली सेनाले जनाएको छ ।

कृष्णदल गण राजविराजबाट गएको नेपाली सेनाको टोलीले त्यहाँ रहेका बाढीपीडितलाई खाना खुवाएका हुन् । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।

१८ नं वाहिनी अड्डा सिए गुल्म, उदयपुरबाट आएका चिकित्सकद्वारा करिब ४१० जना स्थानीय बाढीपीडितलाई निःशुल्क उपचार गराइएको कृष्णदल गणका नेपाली सेनाका सेनानी सुरेन्द्रदेव बोगटीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आयोजित सो स्वास्थ्य शिविरमा एकजना एमबिबिएस डाक्टरससहित छजना डाक्टरको टोलीले ती बाढीपीडितलाई उपचार गराई निःशुल्क औषधिसमेत वितरण गरेको सेनानी बोगटीले जानकारी दिनुभयो ।

यसैबीच, राजविराज–१० स्थित बिरोलमा खाँडो नदीबाट क्षति भएको बाँधलाई समेत नेपाली सेनाले मर्मत एवं पुनःनिर्माणमा जुटेको नेपाली सेनाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा