back

पहिरोपीडित बालबालिकालाई पठनपाठनको व्यवस्था

वि.सं.२०७४ भदौ २ शुक्रवार

141 

shares
NTC AD
Global IME AD

२ भदौ, रसुवा । बस्तीमा पहिरो गएपछि विस्थापित भएका बालबालिकाको पठनपाठन सुचारु गराइएको छ ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको पहिरोबेँसीमा गत साउन २२ गते पहिरोका कारण विस्थापित भएका १२१ घर परिवारलाई माथिल्लो त्रिशूली ‘थ्रि ए’को कोलोनीभित्र बसोबास गराई अस्थायीरुपको भएपनि सोही कोलोनीभित्र सबै बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको छ ।

भविष्यका कर्णधार बालबालिकालाई पठनपाठनका साथै सामाजिक संघसंस्थाको सहयोगमा खाद्यान्नलगायत लत्ताकपडा, भाँडाकँुडासमेतको व्यवस्था मिलाइएको बताइएको छ ।

बाढीपहिरोका कारण उत्तरगया गापाभित्रका सडक, खानेपानी, सिँचाइ, कुलो, कल्भर्ट, झोलुंगेपुलसमेतका संरचनामा क्षति पु¥याउँदा रु १० करोडभन्दा बढीको नोक्सान भएको र बतेगौडा सिँचाइ कुलोमा क्षति हुँदा सयौँ हेक्टर जमिनलाई सिँचाइको समस्या परेको अध्यक्ष लम्सालले बताउनुभयो ।

पहिरोबेँसी गाउँ पूरै विस्थापित छ यस्तो विपद्को घडीमा नियमित खाद्यान्न आपूर्तिमा सहयोगी हात पहिरोबेँसी केन्द्रित हुनेमा पूर्ण आशावादी रहेको बताउँदै अध्यक्ष लम्सालले पहिरोमा परी तत्कालीन जिल्ला पञ्चायतका उपसभापति धर्मबहादुर थापासहित चारजनाको निधन भएको बताउनुभयो ।

पहिरोबेँसीका विस्थापित परिवारको सहयोगार्थ त्यसतर्फ केन्द्रित रहन सबै निकायसँग समन्वयको भूमिका निर्वाह गरिएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।

वि.सं.२०७४ भदौ २ शुक्रवार ०४:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...