२ भदौ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँैमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो ।
आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन उहाँले सडकमा भोकै र नांगै बास बस्नुपरेको पीडित बस्नेतले बताउनुभयो । टाउकोमा चोट, खुट्टामा चोट, र खुट्टा पूरै सुन्निएका कारण चल्न चट्पटाउनसमेत नसकेको अवस्थामा मानवअधिकारकर्मी तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उहाँका लागि उद्दारक बन्नुभयो ।
साउन २८ गते काठमाडाँैस्थित गौशालाको रातोपुलको छेउमा पूरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको सहारा नपाई सडकको सहारा लिँदै ‘मलाई बचाइदिनुस्’ भन्दै बस्नुभएका बस्नेतको अवस्था देखेपछि परोपकारी समाजसेवी तथा मानव अधिकारकर्मी दुर्गानाथ दाहालको मन पग्लियो र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको लागि दाहालले पु¥याउनुभयो ।
तर शनिबार भएको र त्यहाँ कुरुवा र आफन्त नभएपछि अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो । कतिको ज्यान बचाउँदै आउनुभएका दुर्गानाथलाई यो समस्याबाट आफू कतिपनि विचलित नभई यस्तो अवस्था देखेपछि उहाँले प्रहरी रिपोर्ट बनाई मानवसेवा आश्रम, ललितपुर पु¥याउनुभयो ।
त्यसपछि त्यही आश्रममा डाक्टर बोलाई उपचार गर्दा डाक्टरले कलेजोको खराबी देखाएपछि दाहाल र धर्मप्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उपचार गराउन लगेको र डा बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएको भन्दै तीन दिनसम्म औषधि गरी उहाँलाई अहिले थप उपचार गर्नुपर्ने देखिएको र यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
रामेछापको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा नं ३ बाम्द्रे उहाँको स्थायी घर भएको बस्नेत बताउनुहुन्छ । तर लामो समयसम्म काठमाडौँमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको पनि पीडितबाट बुझिएको छ ।
अहिले पीडित विनोद भने आश्रम र परोपकारी सामाजिक अभियानकर्ता दुर्गानाथको शरणमा हुनुहुन्छ भने सबैको सहयोग मिले आफू कुनै बृद्वाश्रममा नबसी आफैँ कमाएर जीवन चलाउन सक्ने बताउनुहुन्छ ।
उता मानवअधिकारकर्मी दाहालले उहाँको शारीरिक अवस्थाको बारेमा विनोदकी बहिनी कमला बस्नेतलाई पनि जानकारी गराएको बताउनुभयो ।
वि.सं.२०७४ भदौ २ शुक्रवार ०६:४० मा प्रकाशित