back

तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्नेछ

वि.सं.२०७४ भदौ २ शुक्रवार

396 

shares
GLOBAL IME AD
NTC AD

२ भदौ, भद्रपुर । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् ।

गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । उहाँको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ । लक्ष्मीको ६ महिनाको छोरा छन् । मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झूल शरीरमा टाँसिएपछि लक्ष्मी जलेर घाइते भएको बताएको छ । अस्पतालले उहाँको उपचारमा २५ लाख रुपैयाँ लाग्छ भनेपछि पैसा नभएर श्रीमान्ले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थिए ।

शुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सिपी यादवको टोलीले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई अस्पताल पु¥याउनु भएको थियो । “म एक्लैले केही गर्न सक्दिन त्यसैले सबैको सहयोग जरुरी छ”, उहाँ भन्नुहुन्छ, “उहाँकोे जीवन बचाउन पत्रकारले कलम चलाइदिनुप¥यो, अरू सबैले सकेको सहयोग दिनुप¥यो ।”

उहाँको उपचारका लागि केही सहयोगी हातहरु अघि बढे पनि समान्य खर्चमा उपचार हुन नसक्ने अस्पतालले बताएपछि पीडितको उपचार खर्च जुटाइदिन र श्रीमतीको ज्यान बचाइदिन सहयोगका लागि आग्रह गरिएको छ ।

वि.सं.२०७४ भदौ २ शुक्रवार ०६:५१ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...