back

प्रधानसेनापति ट्रफी खेलकुदमा आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण

वि.सं.२०७४ भदौ ३ शनिवार

522 

shares

३ काठमाडौँ । नेपाल आर्मीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताअन्तर्गत महिला चार सय मि दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण पदक जितेकी छिन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा भएको उक्त प्रतियोगितामा कृष्णा उक्त दूरी ५९.८० सेकेन्ड समय खर्चँदै पहिलो भएकी हुन् । उनले आफ्नै नाममा रहेको एक मिनेट ०.२० सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान पनि कायम गरेकी छन् । उक्त स्पर्धामा संगीता मेची र तुलसा खत्री क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुष चार सय मि दौडमा आर्मीका सोम कुमालले पहिलो हुँदै नयाँ कीर्तिमान कायम गरे । उनले ४७.८४ सेकेन्ड समय खर्चँदै नयाँ कीर्तिमान कायम गरेका हुन । विसं २०४६ मा आर्मीका आशाराम चौधरीका नाममा कीर्तिमान थियोि । त्यतिबेला उनले ४९.०४ समय खर्चेका थिए । सोही स्पर्धामा सर्वेस लामिछाने दोस्रो तथा जीवन चौधरी तेस्रो भए ।

त्यसैगरी एक हजार पाँच सय मि दौडअन्तर्गत महिलातर्फ सरस्वती भट्टराई पहिलो मात्र भइनन् नयाँ कीर्तिमानसमेत रचिन् । उनी चार मिनेट ४४.८० सेकेन्ड समय खर्चँदै पहिलो भइन् । उनले आफ्नै नाममा रहेको चार मिनेट ४४.९७ सेकेन्डको समयलाई सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी छन् । उक्त प्रतिस्पर्धामा सानुमाया कार्की दोस्रो तथा लक्ष्मी पाण्डे तेस्रो भए ।

पुरुषको एक हजार पाँच सय मि दौडमा उमेश मस्याङ्दी मगर चार मिनेट .०३.१२ सेकेन्ड समय लगाउँदै पहिलो भए भने रामजी श्रेष्ठ दोस्रो तथा कल्याण बानियाँ तेस्रो बने ।

उक्त प्रतियोगिताको आज प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुभएको थियो ।
प्रधानसेनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, पौडीलगायत खेल समावेश छन् । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने सेनाका १३ खेलाडीलाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो । उनीहरूले द्वन्द्वकालमा घाइते भएर पनि खेलकुद क्षेत्रमा योगदान पु¥याएका थिए ।

वि.सं.२०७४ भदौ ३ शनिवार ०३:०६ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...