Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

अज्ञात रोगका कारण चार बालबालिकाको मृत्यु



३ भदौ, इटहरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समयमा आएर विभिन्न रोगबाट पीडित भई उपचारार्थ पेडियाट्रिक इमर्जेन्सीमा भर्ना भएका बालबालिकामध्ये चार जनाको मृत्यु भएको प्रतिष्ठानको सूचना विभागले जानकारी दिएको छ ।

मृत्यु हुने बालबालिका सबै छदेखि १४ वर्ष उमेर समूहको रहेको उपचारमा संलग्न चिकित्सक डा प्रकाश पौडेलले बताउनुभयो । बालबालिकामा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उहाँले जानकारी दिनुभयो ।

मृत्यु भएका बच्चामा सुनसरी इटहरी–१० का राजु कार्की, सप्तरी कञ्चनपुर–१० की प्रीतिकुमारी चौधरी, उदयपुर रामपुर ठोक्सिला–९ का प्रशान्त राई र धरान १७ का विकल्प राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिनुभयो ।
बालबालिकाको उपचारमा संलग्न चिकित्सकले बालबालिकामा ज्वरो आउने र निदान गर्न नपाउँदै रगत बान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने स्थिति भई भर्ना भएको एकदुई घण्टामा नै मृत्यु भइहाल्ने गरेको जनाएका छन् । डा पौडेलसहितको टोलीले बालबालिकामा लागेको रोगका विषयमा सूक्ष्म समीक्षा र अनुसन्धान गर्न नभ्याउँदै चार बालबालिकाको निधन भएकाले रोगबारे थाहा पाउन प्रयत्न भइरहेको बताइएको छ । गत साउन १५, २४, ३१ र यही भदौ १ गते बालबालिका उपचारका लागि आएका थिए ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब