Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

जिपको ठक्करबाट घाइते युवकको मृत्यु



३ भदौ, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका– २ मा जिपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

सडक विभागको बा २ झ २९६६ नंको जिपले ज ८ प १२६८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको नानुपट्टी– ७ निवासी ३५ वर्षीय नवीन राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यसैबीच विषालु सर्पको डसाइबाट सिरहाको सखुवानान्करकट्टी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा अचानक सर्पले डस्दा गाउँपालिका– १ निवासी पर्शुराम सदायका छोरा ११ वर्षीय भागवतको उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण