Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

अस्वीकृत आन्दोलनका डा श्रेष्ठ सम्मानित



kavitaram-shrestha

सहित्यकार डा कविताराम श्रेष्ठलाई प्रवासी नेपाली साहित्य समाज (प्रभात) ले सम्मान गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्मानपत्र हस्तान्तरण गर्दै साहित्यकार डा श्रेष्ठले नेपाली साहित्यका क्षेत्रमा दिनुभएको योगदानलाई नेपाली साहित्य जगत्ले सधै सम्झिरहने बताउनुभयो । उहाँले डा श्रेष्ठको नयाँ पुस्तक ‘लाइट अफ दि हिमालय’(हिमालको प्रकाश)को विमोचन पनि गर्नुभयो ।

सो कृतिका बारेमा राजेन्द्र क्षेत्री, डा रुपक श्रेष्ठ, एलिजावेथ इभान र मुलीवीर राईले समीक्षा गर्नुभयो । साहित्यकार डा श्रेष्ठका बारेमा मुलीवीर राईद्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरिएको थियो । चिकित्सकले मिति तोकिदिएको भएपनि आफूलाई मृत्युसँग डर नलागेको तर  मृत्युले आफूलाई हेरिरहेको बताउँदा हलमा सहभागीहरु स्तब्ध बनेका थिए । बिरामी श्रेष्ठलाई अक्सिजनको सिलिण्डर सहित कार्यक्रममा सहभागी गराइएको थियो ।

आफूलाई सम्मानित गरिएकोमा धन्यवाद व्यक्त गर्दै विमोचित पुस्तक आफ्नो अन्तिम कृति भएको बताउनुभयो । प्रभातका पूर्वअध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले डा श्रेष्ठले अस्वीकृत जमात आन्दोलन चलाएको जानकारी दिनुभयो ।

डा श्रेष्ठका ३७ पुस्तक कृतिलगायत उहाँद्वारा निर्मित दुई दुई चलचित्र र वृत्तचित्र छन् । उहाँले अतिथि प्राध्यापनलगायत अधिकांश समय साहित्य क्षेत्रमा बिताउनुभएको छ । उहाँ हाल बेलायतको वकिङमा एक दशकदेखि बस्दै आउनुभएको छ ।

सु–स्वास्थ्यको कामना

मृृत्युको मिति थाहा पाउँदा पनि चेहरामा सँधै खुशी देखाउन सक्ने, आफूले गर्नु पर्ने कुनै काम अधुरो नरहोस भन्ने एकमात्र मेरो चाहना रहेको भन्दै कुनै अपुरो काम छ भने सम्झाइ दिनुहोला भन्ने उहाँको भनाईले यथार्थमा उहाँसँग मृत्युसँग लड्न सक्ने क्षमता छ । रोग लाग्दैमा मृत्युसँग डराउनेहरुका लागि उहाँ एक उदाहरणीय व्यक्ति हो, हामी उहाँको सु–स्वास्थ्यको कामना गर्दछौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको