back

बाढीपहिराबाट रु पाँच करोडको क्षति

वि.सं.२०७४ भदौ ३ शनिवार

183 

shares
NTC AD
Global IME AD

patle-pokhara३ भदौ, पोखरा। कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पु¥याएको छ ।

गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिनुभयो । बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा पूर्ण क्षति पुगी एक गाई र ५०० कुखुरा बगाएको छ ।

बाढीले प्रवीण लामिछाने, गंगा आचार्य, रेशम लामिछाने, प्रह्लाद लामिछाने, सन्तुमाया लामिछाने, हिमाल भुसाल, गंगाबहादुर विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, डम्बरबहादुर विक र खेमकुमारी विकको रु चार करोड जतिको क्षति पुगेको छ ।

यसैबीच ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले त्यस ठाउँका बाढीपीडितलाई रु ५५ हजार ५५५ सहयोग गरेको छ । प्रजिअ तारानाथ अधिकारी र संस्थाका अध्यक्ष दीपकराज अधिकारी बाढीपहिरोस्थल रिभानमै पुगी वडाध्यक्ष गुरुङलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै साबिक धिताल गाविस घर भई हाल दक्षिण कोरियामा बस्दै आउनुभएका सन्देश गुरुङले एक बोरा चामल, हेम्जा युनाइटेड क्लबले रु १० हजार, गाउँपालिकाको नवज्योति एकता युवा क्लब तथा आमा समूहबाट रु २० हजार र चित्रेस्वाँरा पाख्रीबोट युवा क्लब र आमा समूहले रु आठ हजार १२५ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

वि.सं.२०७४ भदौ ३ शनिवार ०८:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...