back

फिल्डमा खटिन हिच्किचाउन हुन्न भन्ने मेरो सिद्धान्त छ

वि.सं.२०७४ भदौ ३ शनिवार

345 

shares

chhatra-kumar-shrestha
गैरआवासीय नेपाली संघ एनसीसी इटलीका अध्यक्ष छत्रकुमार श्रेष्ठले आइसीसी पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा नेपालमा हुने संघको आठौँ विश्व सम्मेलनमा इटलीबाट आइसीसी पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । विभिन्न परोपराकारी काममा सहयोगी हात बढाउँदै आएका श्रेष्ठले आउँदा दिनमा समाजसेवाका साथै संघको जिम्मेवारी पुरा गर्न अझ सक्रियता पूर्वक जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आईसीसीमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठको प्रतिबद्धता :

गैर आवासीय नेपाली संघ ईटालीको आईसीसी सदस्यमा मेरो उमेद्वारी
ईटालीवासी सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु,

गैर आवासीय नेपाली संघको राष्टिय तथा अन्तराष्ट्रिय अभियानमा शुरुवात देखिनै तन मन वचनले कटिवद्धताका साथ लागिपरेको यहाँहरु सवैलाई विदितै छ। यस अभियानमा लागिपरेका सहयात्री साथिहरुको सहयोग र साथले एनआरएन ईटाली आजको दिनसम्म आइपुगेको छ। हाम्रो यो सामाजिक प्रयास र उत्तरदायित्वमा साथ दिने सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरुमा व्यक्तिगत र एनआरएएन ईटालीको अध्यक्षको हैसियतले हृदय देखि धन्यवाद दिन चाहन्छु।

गैर आवासीय नेपाली संघ ईटालीको उपाध्यक्षको रुपमा २००९ मा निर्वाचित हँदा एनआरएन अभियान विस्तारै विकसित हँदै थियो। झण्डै एक दशकको अवधिमा समग्र एनआरएन र एनआरएन ईटाली गतिविधिमा धेरै परिवर्तन आएको छ। यस अभियानमा आफू अप्रत्यक्ष तथा प्रत्यक्षसँग सहभागि हुन पाउँदा खुशिको अनुभुति हुन्छ। यो यात्रामा म आफू एक्लो नभएर तपाईहरु सवैको आ(आफ्नो स्थानवाट सक्रिय सहभागिता रहेको तथ्यलाई आत्मसाथ गरेको छु।

एन आर एन ईटालीको अध्यक्षको रुपमा २०१५ र २०१७ को कार्यकालमा एनआरएन ईटालीलाई अगाडि वढाउने दिशामा महत्वपूर्ण प्रगति भएको छ। भुकम्प पिडितको लागि रकम संकलन र गैर आवासीय नेपाली संघलाई हस्तान्तरण जस्तो महत्वपूर्ण र प्राविधिक काम मेरो कार्यकालमा भयो। उक्त संकलित रकमवाट लाप्राक लगायत स्थानहरुमा भवन निर्माण कार्य चलिरहेको छ।

संस्थालाई पारदर्शी र जिम्म्वार वनाउन कार्यको शुरुवात गरिएको छ। विगत केही वर्षदेखि नविकरण नभएको संस्थालाई नविकरण गरेकोले एनआरएनए ईटालीले कानुनी मान्यता प्राप्त गरेको छ।

गैर आवासीय संघले अगाडि सारेका कार्यक्रमहरुमा गैर आवासीय नेपाली संघ र ईटालीवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फोरमहरुमा प्रतिनिधित्व गरेको छु। फ्रान्सको पेरीस देखि जर्मनीको फ्रान्कफोर्टसम्म सम्पन्न भएका क्षेत्रीय भेला समारोह तथा गोष्ठिमा आफ्नो विचार स्पष्ट रुपले राखेको छु।

एनआरएनमा सहभागि भएर भाषण गरेर वाहिरिने होइन, आवश्यक पर्दा फिल्डमा खटिन हिच्किचाउन हुन्न भन्ने मेरो सिद्धान्त छ। भुइचालो गएपछि राहत वितरणको क्रममा एनआरएन आइसीसीको निर्देशनमा दोलखा जिल्लामा उद्धारको लागि खटिएको, भुकम्प पिडितहरुको लागि भवन निर्माणस्थल लाप्राक पुगेको र त्यहाँको कठिनाइलाई आत्मसाथ गर्दै सहयोग उपलव्ध गराएको छु।

आफ्नो क्षमता र विवेकले भ्याएसम्म विभिन्न योजना तथा परियोजनामा सहयोग पनि उपवल्ध गराउँदै आएको छु। एनआरएएको केन्द्रीय भवन निर्माण, पार्क निर्माण, हेटौडाको विद्यालयको लागि आर्थिक सहयोग लगायतका क्षेत्रहरुमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न पाउँदा हर्षको अनुभुति गरेको छु। उक्त परोपकारी कामहरुमा हौसला प्रदान गर्ने सवैमा आभार व्यक्त गर्दछु।

माथि उल्खित पृष्ठभुमिमा गैरआवासीय नेपाली सघको अभियानमा सकृयता सहभागिता र सहकार्यको मन्त्रवाट प्रेरित भइ नेपालीको लागि नेपाली भन्ने अभियान नारालाई आत्मसाथ गर्दं आगामी कार्यकालको लागि एनआरएनए ईटालीको अन्तराष्ट्रिय समिति सदस्य (आइसीसी सदस्य) पदको लागि उमेदवारी घोषणा गरेको छु।

विस्तारै हुर्कँदै गरेको संस्थालाई थप गतिशिल वनाउन र एनआरएनए ईटालीको आवाज अन्तराष्ट्रिय स्तरमा पुर्याउन यहाँहरुको सहयोगको लागि अनुरोध गर्दछु।
क्षेत्र कुमार श्रेष्ठ, अध्यक्ष
तथा
उमेदवार
आइसीसी सदस्य

वि.सं.२०७४ भदौ ३ शनिवार १५:३१ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...