Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

भाइरल ज्वरोका बिरामी बढे



 ४ भदौ, रोल्पा । केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।

जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५÷२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ ।

बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिनुभयो । भाइरल ज्वरो मौसमी समस्या भए पनि यसपटक विगतको तुलनामा बढिरहेको डाँगीले बताउनुभयो ।

यसैगरी जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रगतमासीका बिरामीहरु पनि बढेको बताइएको छ । झाडापखालाका कारण उपचार गर्न जिल्ला अस्पतालमा मात्र दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । वर्षात्को फोहर पानीका कारण टाइफाइड र कमलपित्त पनि देखिन थालेकोे उहाँले जानकारी दिनुभयो ।

रुघाखोकी लाग्दा मास्क प्रयोग नगर्नु, सिँगान पुछेको हात नधोएर हात मिलाउनेजस्ता कारणले भाइरल ज्वरोका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै गए महामारी फैलनसक्ने सम्भावना भएकाले समयमै नियन्त्रण गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

पानी शुद्धीकरण गरेर प्रयोग गर्न, नियमितरुपमा शौचालय प्रयोग गरी साबुन पानीले हात धुन तथा मास्क प्रयोग गर्न जिल्ला अस्पताल रोल्पाले सर्वसाधारणमा अनुरोध गरेको छ ।


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज