back

लुकाकुले युनाईटेडमा ब्युँताएको आशा

वि.सं.२०७४ भदौ ४ आइतवार

279 

shares
NTC AD
Global IME AD

lukaku

४ भदौ, एजेन्सी । म्यान्चेष्टर युनाईटेडले गत जुलाईमा रियल म्याड्रिडका स्ट्राईकर अल्भारो मोराटालाई किन्न पटक पटक प्रयास गरेतापनि अन्तमा रियलले धोका दिएपछि राता रात क्लबले हाल सम्म तिरेको दोस्रो उच्च मुल्यमा एर्भटनबाट लुकाक्ुलाई भित्राएको थियो । त्यति बेला ल्ुकाकुलाई तिरेको उच्च मुल्यको क्लबले धेरै पैसा हालेको भन्दै युनाईटेडको आलोचना भएको थियो । तर त्यसको प्रतिवाद गर्दै प्रशिक्षक जोसे मौरिन्होले उनी खासै महंगो नभएको बताएका थिए । प्रि सिजनमा युनाईटेडको खेलमा राम्रो प्रभाव जमाएका लुकाकुले सिजनको सुरुवाती प्रिमियर लिगका खेलमा राम्रो प्रभाव छाडेका छन् । तत्कालिन प्रशिक्षक सर एलेक्स र्फगयुसनको अन्तिम सिजनमा रुनी र भान पर्सीको प्रदर्शन पछि युनाईटेडले भरपर्दो स्ट्राईकर पाएको थिएने । गत सिजन फ्रि ट्रान्सफरमा युनाईटेड आएका ज्लाटान ईभ्राईमोभिचले आशा लाग्दो प्रर्दशन गरेतापनि चोटका कारण लामो समय सम्मको लागि बाहिरिन पुगे अन्तत उनलाई क्लबले नै रिलिज ग¥यो ।
त्यसपछि ७५ मिलियन पाउन्डमा युनाईटेड आएका लुकाकुले आर्कषक प्रर्दशन गरेका छन् । प्रिमियर लिगका दुई खेलमा ३ गोल गरेका लुकाकुले युनाईटेडमा आशा लाग्दो प्रर्दशन गरेका छन् । आफ्नो दोस्रो सिजनमा लिगको उपाधि जित्दै आएका मौरिन्होलाई यसले थप खुसी दिलाएको छ । यसले समग्र युनाईटेडको उज्जवल भविष्यको समेत आशा देखाएको मान्न सकिन्छ ।

वि.सं.२०७४ भदौ ४ आइतवार ०६:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...