Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

ओमनमा एक नेपालीको दुखद निधन



OMANDEATH

ओमान । ओमानमा एक नेपालीको मृत्यु भएको छ । करिब ५ महिना अगाडि रोजगारीको लागी ओमान आएका मोहन मल्लको शुक्रबार राति दु:खद निधन भएको छ ।

नेपालगंज बसपार्क बाईपस रोडका २४ वर्षिय मल्ल छ महिना अघि मात्रै नेपालगंजको कर्णाली ओभरसिज हुंदै काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप (OLG) कम्पनीमा कामको लागी आएका थिए । उनी बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्थे भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा थियोे ।
शुक्रबार उनको बिदा थियो । दिनभर साथीभाईसंग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मोहन बिहान नउठे पछि उठाउन खोज्दा उनको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले बताएका छन् । कम्पनीको यो क्याम्पमा करिब १४ ÷ १५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ललाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियोे ।
नेपालगंज भृकुटीनगरका भुपाल थापा भावुक हुँदै भन्छन, मोहन नयाँ थियो उसलाई भासा त्यत्ति आउदैंन थियो, राती १ ÷ २ पटक त कराएको थियो रे तर नेपालीमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन, त्यो अवस्थामा कोहि नेपाली साथमा भएको भए कमसेकम केहि सहयोग गर्न त सकिन्थ्यो , तर साथमा नहुँदा त्यस्तो गर्न सकिएन ।
उनका अनुसार प्राय नेपाली कामदारहरुलाई अलग अलग कोठामा राख्ने गरिन्छ । शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खबर गरेको थियोे । घटनास्थल निरीक्षण गरी रोयल ओमान पुलिसले निजको शवलाई पोस्टमार्टमको लागी लगेको छ । खबर बाहिर आएपछि यस समबन्धमा दुतावास का कर्मचारी रमेश प्रसाद आर्याललाई सोध्दा खेरि कम्पनीबाट अहिलेसम्म त्यस्तो जानकारी नआएको बताए ।
उनले भने सायद शनिबार बिदा परेको कारण हुन सक्छ । कम्पनीले अहिलेसम्म खबर नगरेको आईतवार कार्यलय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विषयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ । सोहि कम्पनीमा कार्यरत नाताले सोल्टी पर्ने दैलेखका आफ्न्त बिवश बहादुर शाहिका अनुसार उनको भर्खरै जन्मेको तिन महिनाको छोरा छ । करिब डेढ दुई वर्ष अगाडि बिहे गरेका मोहनको परिवारमा दाई भाउजुको परिवार अनि श्रीमति र नयाँ छोरा छन् । परिवारमा बिबशले नै फोन गरेर शनिबार दिउँसो जानकारी गराएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा