
४ भदौँ । काठमाडौँ । रियल म्याड्रिडका स्टार युवा विङगर नयाँ सम्झौत नजिक पुगेका छन् ।
गत सिजनबाट निरन्तर प्रभाव जमाउदैँ आएका २१ वर्षीय युवा खेलाडीसँग रियलले ६ वर्ष लामो सम्झौता गर्न लागेको हो । गत सिजन रियलबो उपाधि यात्रामा निर्णायक भुमिका खेलदै आएका एसेन्सियोले केहि दिन अघि मात्र भएको स्पेनिश सुपर कपको फाईनलको दुवै लेगमा महत्वपुर्ण प्रर्दशन गरेका थिए ।
उनलाई स्टार फरवार्ड रोनाल्डोको प्रतिस्थापनको रपमा समेत हेरिएको छ । निकै सुधारिएको प्रर्दश्न गर्दै आएका एसेन्सियो लामो दुरीको सटमा निकै उत्कृष्ट गोल गर्न माहिर छन् । गत सिजन रियलले खेलेका ५ वटा भिन्न प्रतियोगितामा सुरुवाती खेलमा नै गोल गरेका एसेन्सियोले आगामी दिनमा निकै राम्रो प्रर्दशन गर्ने अपेक्षा राखिएको छ ।
नयाँ सम्झौता अनुसार एसेन्सियो सन् २०२३ को अन्तिम सम्म रियलमै रहने बताइएको छ । उनको सम्झौतामा रियलले ५०० मिलियन युरो बराबरको रकम रिलिज क्लज राख्ने भएको छ ।