ओमान । ओमान नेपाली एकता समाज महिला बिभागले बिगतका बर्षहरुमा झै यस बर्षपनि सातौं प्रगतिशील तिज कार्यक्रम २०१७ भव्य रुपमा समपन्न गरेको छ ।
राजधानी मस्कटस्थित अलमाहा होटेल नजिकै रहेको अलरिफ होटेल घोब्रामा हिजो अगस्ट १८ तारिक शुक्रबारका दिन बाढीपीडितका लागि राहत संकलन स्वरूप तिज कार्यक्रम मनाइएको तिज तयारी समिति संयोजक लक्ष्मी रायमाझीले जानकारी गराउनु भएको हो ।
समाज की महिला विभाग प्रमुख लक्ष्मी रायमाझीको अध्यक्षता र नेपाली राजदूतावास मस्कट ओमानकी महामहिम राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालन जि बि लामा र रिता तिमल्सिनाले गर्नु भएको थियो । तिज कार्यक्रमको उद्घाटन राजदूत पराजुलीद्वारा गरिएको थियो ।
राजधानी मस्कटस्थित अलमाहा होटेल नजिकै रहेको अलरिफ होटेल घोब्रामा हिजो अगस्ट १८ तारिक शुक्रबारका दिन बाढीपीडितका लागि राहत संकलन स्वरूप तिज कार्यक्रम मनाइएको तिज तयारी समिति संयोजक लक्ष्मी रायमाझीले जानकारी गराउनु भएको हो ।
महिला बिभाग सचिब मनु सुनारको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा बोल्दै राजदूत पराजुलीले हिन्दु नारिहरूको महान पर्व तिजको शुभकामना व्यक्त गर्दै खाडीमुलुक ओमानमा रहेर पनि आफ्नो संस्कृति , पर्वलाई सबैजना मिलेर मनाउनु धेरै नै गर्वको कुरा रहेको बताउनु भएको थियो ।
कार्यक्रम को प्रायोजन ओमान युएइ एक्सचेञ्ज र अल मुधिशले गरेको थियो भने मिडिया पार्टनर को रूपमा बज्जिका पत्रकार संघ ओमान र डिसि नेपाल सहितका अन्य मिडियाहरू रहेका थिए ।
यस अवसरमा रक्तिम सांस्कृति ओमानको विशेष सांस्कृतिक प्रस्तुतिका साथ मार्मिक अनि रोचक तिज गित तथा नृत्यहरू प्रस्तुत गरिएको ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले जानकारी गराउनु भएको हो ।
यस अवसरमा अन्तर्राष्ट्रिय एकता समाजका महासचिव शोभाकान्त लामिछाने, जनप्रगतिशील मञ्च ओमानका अध्यक्ष उमेश विक, नेपाली एकता समाज ओमानका अध्यक्ष छबिलाल बस्नेत, जनसम्पर्क समितिका सभापति फार्सुराम पोखरेल, नेपाली महिला समूह ओमानकी अध्यक्ष उमा ढुंगाना, गुल्मी सेवा समाज ओमानका अध्यक्ष सुर्य पन्थी, तामाङ समाज ओमानका अध्यक्ष राम तमाङ सहित ओमानका सबै संघ संगठनका प्रतिनिधिहरू सहित करिब २ सय जना ओमानवासी नेपालीहरुको उपस्थित रहेको नेपाली एकता समाज ओमानका सचिव जि।बि। लामाले जानकारी गराउनु भएको हो ।
वि.सं.२०७४ भदौ ४ आइतवार ११:०२ मा प्रकाशित