Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

गैरआवासीय नेपाली संघको सचिवमा क्षेत्रीको उम्मेदवारी



db-chhetri-omanगैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा डिबी क्षेत्रीले उम्मेदवारी दिएका छन् । हाल मध्यपूर्व संयोजक रहेका क्षेत्रीले आगामी २०१७–०१९ का लागि एनआरएनएको केन्द्रीय सचिवका लागि उम्मदेवार दिएका हुन् ।
क्षेत्रीले एनआरएनए कतारको सातौं राष्ट्रिय महाधिबेशनका क्रममा संवोधन गर्दै आगामी ०१७–०१९ का लागि औपचारिक रुपमा सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
लामो समयदेखि ओमानमा कार्यरतरहेका क्षेत्री एनआरएनएभित्र हजारे अभियानका अभियन्ता समेत हुन् । उनकै कारण अघि बढेको हजारे अभियान हाल कर्मचारी संचयकोष र एनआरएनएको संयुक्त पहलमा बैदेशिक रोजगारमा रहेका ेनपालीहरुको बचत गर्ने व्यवस्था कार्यान्यवयनमा ल्याउन लागेको छ ।
‘वैदेशिक रोजगारबाट फर्किएपछिका लागि संचय कोष जस्तै छुट्टै व्यवस्था गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौ’ क्षेत्रीले भने–‘हाम्रो माग सरकारबाट सुनुवाई भएको छ अव कार्यान्वयनका लागि फेरि आवाज उठाउन र पहल गर्न एनआरएनको सचिव पदमा जाने निर्णय गरेको छु । ’
क्षेत्रीले मध्यपुर्वका आवाज र मुद्दाहलाई नेपालको उच्च निकाय तथा प्रधानमन्त्रीसमक्ष पु¥याउने र सम्बोधनका लागि पहल गर्ने काम गरे पनि ती मुद्दाहरु केही अधुरै रहेको बताउँदै आउदा दिनमा दिर्घकालिन समाधानका लागि पहल गर्ने समेत बताए ।
क्षेत्रीको उम्मेदवारीलाई एनआरएनए कतारको सातौ राष्ट्रिय महाधिबेशनमा सहभागी रहेका एनआरएनका अगुवाहरुले साथ दिएको पनि बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम