Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

कतारमा तीज कार्यक्रम ‘धनले होइन मनले मनाउ्ँ तीज’



teej-in-qatar-1
“अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरुको सहारा हामी सबैको अभिभारा” भन्ने मूल नाराका साथ इलाम सेवा समाज दोहा कतारले तिज बिशेस सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालका बरिष्ट संगीतकार तथा गायक टिका भण्डारी तथा लोकप्रिय राष्ट्रिय गायीका झुमा निरौलासहित दोहा कतारस्थित स्थानीय कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा कार्यक्रम अवधिभर दर्शकहरुले मनोरन्जन लिएका थिए ।
teej-in-qatarसंस्थाका महासचिब प्रेम प्रसाद सुबेदीले कार्यक्रम संचालनको जिम्मा लिनु भएको सो कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास कि काउन्सुलर श्रीमती गिरिजा शर्मा हुनुहुन्थ्यो । इलाम सेवा समाज कतारका अध्यक्ष धनबहादुर बिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्था कि उपाध्यक्ष रेनुका कार्कीले स्वागत बक्तब्यका क्रममा ‘तिजको बेला हामी सबै महिला दिदिबहिनिहरुका माइती ले मिठा मिठा परिकार बनाएर खाए पनि उनीहरुको नजर भने हाम्रै बाटो हेर्दै दोबाटो कुरिरहेका होलान’ भन्दै अत्यन्त भावुक शैलीमा उपस्थित दर्शकहरुलाई स्वागत गर्नुभएको थियो । बरिष्ट कलाकारद्वय टिका भण्डारी र झुमा निरौलाले आफ्ना सिर्जनाका लोकप्रिय गीत, इलामको सुन्दरता बयान गरिएका गीतका साथै गाइजात्रा २०७४ का प्यारोडी गीत प्रस्तुत गर्नुभएको थियो । स्थानीय कलाकार ज्वेल परियारको समुहले आफ्नो प्रस्तुति दिइरहंदा दर्शकदीर्घामा कलाकारहरु झुमिरहेको देखिन्थ्यो ।

renu-karkiनिर्त्यकार बिनोद सुनार र नृत्याङ्गना जिना थापा मगरको नृत्य कुनै चलचित्रको पर्दाको भन्दा कम थिएन । त्यस्तै नृत्याङ्गना लिना आचार्य र सिमरन आचार्यको नृत्यमा खोट लगाउने ठाउ नै देखिएन । कार्यक्रममा कलाकार रेशम बस्नेत र बिनिता केसीको लोकदोहोरीले आ–आफ्नै पारामा पोखरा र इलामको सुन्दरताको बयान गर्दै एक अर्कालाइ आँफु तिर तान्ने प्रयास निकै चाख लाग्दो थियो । त्यस्तै कार्यक्रमको अन्त्य तिर ज्ञानेन्द्र रसाइलीको लेखन तथा निर्दशनमा शंदेशमुलक नाटक “धनले होइन मनले मनाउं तीज” प्रदर्शन गरिएको थियो । अन्त्यमा आफ्नो व्यस्त समय निकालेर कार्यक्रममा पाल्नु हुने दोहास्थित संघसंस्था प्रतिनिधि तथा सर्वसाधारण दाज्युभाइ तथा दिदिबहिनिलाइ धन्यबाद दिंदै सभापति धनबहादुर बिकले कार्यक्रमको समापन गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा