back

नेपालमा पहिलोपटक फुटसल राष्ट्रिय लिग हुँदै

वि.सं.२०७४ भदौ ५ सोमवार

336 

shares

५ भदौं, काठमाडौं  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ ।

नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो । फुटसल खेलको विकास र सही व्यवस्थापन गर्ने उद्देश्यले आइतबार एक कार्यक्रम आयोजना गरी एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

नेपाली फुटसलको विकास र आगामी असोज २७ देखि इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स प्रतियोगितामा देशको प्रतिनिधित्व व्यवस्थित गर्न एन्फा र टर्नपाइकबीच पाँच वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले बताउनुभयो ।

कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र आदान–प्रदान गर्नुभएको हो । सम्झौताअनुसार सन् २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई टर्नपाइकले प्रायोजन गर्नेछ । हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाइ रकम टर्नपाइकले र एक तिहाइ रकम एन्फाले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले आधिकारिकरुपमा पहिलोपटक राष्ट्रिय फुटसल लिग हुन लागेको र ढिलै भएपनि सकारात्मक शुरुवात भएको बताउनुभयो । एन्फासँग फुटसल प्रतियोगिता गर्नका लागि भएको पाँचवर्षे सम्झौताले फुटसलको माध्यमबाट फुटबल खेलको समेत विकासमा सहयोग पुग्ने टर्नपाइकका निर्देशक उकेश लोहनीले बताउनुभयो ।

रायमाझीले लिग सञ्चालन गर्न बूढानीलकण्ठको चौर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तुपा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेको जानकारी पनि दिनुभयो ।

वि.सं.२०७४ भदौ ५ सोमवार ०२:५९ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...