back

पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने

वि.सं.२०७४ भदौ ५ सोमवार

570 

shares

ksa1पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले बाढीपीडितका लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् ।

समाजको हिजो बसेको आकस्मिक वैठकले यो निर्णय गरेको हो। एकदुई दिनभित्र मै काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरेर सो सहयोग रकम धुर्मुससुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने र सोहि फाउन्डेसनमार्फत वास्तविक बाढीपीडितहरूलाई वितरण गर्ने समाजले घोषणा गरेको छ।

ksa2

पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले गत १७ अगष्ट २०१७, बिहीबारको साँझ साउदी अरेवीयाको राजधानी रियाद शहरमा  भेटघाट तथा तीज कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा समाजका सदस्यहरू, केहि व्यवसायीहरूद्वारा गरिएका आर्थिक सहयोग र अन्य सहभागिहरूबाट उठेको रकम मध्यबाट कार्यक्रममा भएको जम्मा खर्च कटाएर बंचेको रकम बाढीपीडितहरूलाई सहयोग गर्ने निर्णय गरेको हो।

पारिवारिक समाज नेपाल, साउदी अरेवीयाले सहयोग रकम वास्तविक बाढीपीडितहरूलाई नै पुर्याउँने लक्ष्य राखेकाले छिटो र पारदर्शिपूर्ण तरिकाले बहुचर्चित हास्यकलाकार जोडी तथा आम नेपालीहरूको धुकधुकीमा बस्न सफल समाजसेवी जोडी धुर्मुस-सुन्तलीमार्फत नै पुर्याउँने निर्णय गरिएको छ।

ksa3

तसर्थ, साउदी अरेवीयामा रहनुहुने सम्पूर्ण प्रवासी दाजुभाई तथा दिदीबहिनी, समाजसेवी तथा व्यवसायीहरूले बाढी पीडितहरूलाई सहयोग गर्न चाहनु भएमा समाजका पदाधिकारीहरू, अमृत पौडेल (अध्यक्ष – सम्पर्क: ०५९३८०३६३०), कल्पना बस्नेत पोख्रेल (उपाध्यक्ष – सम्पर्क: ०५९३८०३६३०), अरुण बेलबासे (महासचिव – सम्पर्क: ०५९२८९२२०२), कोपिला श्रेष्ठ (सचिव – सम्पर्क: ०५६११८५३६९) र मदन ओडारी (कोषाध्यक्ष – सम्पर्क: ०५५४९५८१८८) लाई तुरुन्तै सम्पर्क गरेर सहयोग रकम प्रदान गर्न सक्नुहुने छ।

स्मरण रहोस्, पारिवारिक समाज नेपाल, साउदी अरेवीया आजभन्दा ठिक एक महिना अगाडी रियाद र अल-खर्जमा बसोबास गर्नुहुने २२ नेपाली परिवारहरूको भेलाले आधिकारिक रूपमा समाज गठन गरेको हो। समाज गठन भएको छोटो समय मै यतिधेरै आर्थिक सहयोग गर्ने पहिलो संस्था यहि रहेको समाजका पदाधिकारीहरूको दाबी रहेको छ।

निकट भबिष्य मै साउदी अरेवीयाको दमाम र जेद्धाह क्षेत्रमा रहनुहुने नेपाली परिवारहरूलाई पनि समाजमा आवद्ध गराउँने समाजका अध्यक्ष अमृत पौडेलले बताएका छन्।

नेपालमा भईपरि आउँने जुनसुकै समस्यामा मलमपट्टी लगाउँन कोशिस गर्ने, साउदी अरेवीयाको हरेक क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारलाई एकजुट गर्ने र नेपाली संस्कृतिलाई जीवन्त राख्ने समाजको प्रमुख उदेश्यहरू रहेका छन्।

वि.सं.२०७४ भदौ ५ सोमवार ०८:०१ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...