लेगोस, नाइजेरिया । अफ्रिकास्थित गैरआबासिय नेपाली संघको नाइजेरिया समन्वय समितीले नेपालका बाढीपीडितलाई राहत सहयोग संकलन सुरु गरेको छ ।
आइतबार बसेको संघको कार्य समितीको बैठकमा चिरञ्जीवी रोका , जनक बिस्ट, रोशन थापा, बिश्वास पौडेल,मन थापा, अभिषेक सिह, दिपेन्द्र यादब र भरत रिजाल प्रतिव्यक्ति १०० अमेरिकी डलर गरी आठ सय अमेरिकी डलर रकम सहयोग गरेका छन ।
संघका सचिब रोशन थापाका अनुसार आगमी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशनसम्म थप संकलन गरि एनआरएनए बाढीपीडित कोषमा सहयोग पठाइनेछ । यस अघि संघका प्रमुख सल्लाहकार तथा अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए बाढिपिडित राहत कोषमा रु ५१००० सहयोग नाइजेरियाबाट गरि सक्नु भएको छ ।
वि.सं.२०७४ भदौ ५ सोमवार १३:०९ मा प्रकाशित