Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग



५ भदौ, काठमाडौँ । नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको पहुँचमा पु¥याउन भन्दै पटक पटक सम्झौता गरी त्यसको मसी सुक्न नपाउँदै उल्लङ्घन गरिएको बताउँदै भन्नुभयो, “सरकारको यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथि नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर छ । ’’
त्रिवि कार्यकारी परिषद्ले शुक्रबार प्रस्तावित नेशनल मेडिकल कलेजलाई सम्बन्धन पत्र दिएको थियो । प्रा डा केसीले ११ पटक अनशन बसी १० वर्षभित्र काठमाडौँ उपत्यकामा निजी मेडिकल कलेज खोल्न नपाउने भनी राखेको मागमा सरकारले समर्थन गर्दै सम्झौता भएको छ । गत मंगलबार मात्रै २३ दिने अनशन स्थगन गर्नुभएका प्रा डा केसीले सम्बन्धन खारेज नभए १२औँ अनशन बस्न बाध्य हुने बताइसक्नुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू