back

नेपाल यू–१५ साफको सेमिफाइनलमा

वि.सं.२०७४ भदौ ५ सोमवार

102 

shares
NTC AD
Global IME AD

५ भदौ, काठमाडौँ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा नेपाल माल्दिभ्सलाई हराएर समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरेको हो । नेपालले खेलको १४औँ मिनेटमा ब्रिजेश चौधरीको गोलमार्फत अग्रता लियो । दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै उनले गोल गरे ।

खेलको २२औँ मिनेटमा नेपालका लागि दर्शन गुरुङले दोस्रो गोल गरे । उनले रन्जन पुनले दिएको पासको सदुपयोग गर्दै गोल गरेका थिए । नेपाली टोलीका कप्तान रोशन राना मगरले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे । माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । आकाश बुढाले खेलको ४५औँ मिनेटमा चौथो गोल गरे ।

खेलको मध्यान्तरसम्म ४–० गोल अन्तरले अग्रता लिएको नेपालले लगत्तै दुई गोल थप्यो । खेलको ४७आँै मिनेटमा अकाश पुन तथा ७३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गरे । ब्रिजेशले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

यसअघि माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको भारत समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । नेपाल र भारतबीच बुधबार हुने खेलबाट समूह विजेताको टुंङ्गो लाग्नेछ । रासस

वि.सं.२०७४ भदौ ५ सोमवार १५:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...