Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

संघलाई साझा चौतारीको रुपमा विकाश गर्दै लानेछु



chitra-subedi-belgium

समाजसेवी चित्र सुवेदीले यहि ३ सेप्टेम्वर २०१७ मा सम्पन्न हुन गैरहेकोे एनआरएनए वेल्जियमको निर्वाचनमा आइसिसी सदस्य पदमा उम्मेदवारी दिएका छन् । गैरआवासिय संघ वेल्जियमको स्थापना देखि प्रतक्ष्य तथा अपतक्ष्य रुपमा संस्थाको अभियान संग आवद्ध रहदै सामाजिक क्षेत्रका सबै कार्यमा सक्दो भूमिका निर्वाह गर्दै आएका सुवेदी पदमा रहि अझ बढी सेवा गर्ने प्रतिबद्धता आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको बताएका छन् । सुवेदी भन्छन् “विगत लामो समयदेखिन एनआरएनमा मैले निरन्तर संस्थाको हितको लागि कृयाशिल रहेको छु । यो कृयाशिलतालाई अझै जिम्मेवारीवोधका साथ सम्पन्न गर्नका लागि म यो पदमा जाने चाहना भएको हो ।”

यस्ता छन् उनका प्रतिबद्धताहरु :

आदरणिय समस्त वेल्जियमबासी नेपाली बुवाआमा, दाजुभाई दिदीबहिनीहरु, प्रवुद्ध व्यक्तित्व, विभिन्न संघ संस्थाका नेतृत्वज्युहरु तथा प्रतिनिधिहरु तथा पत्रकार मित्रहरुमा हार्दिक अपिल,

गैरआवासिय संघ वेल्जियमको स्थापना देखि प्रतक्ष्य तथा अपतक्ष्य रुपमा संस्थाको अभियान संग आवद्ध रहदै सामाजिक क्षेत्रका सबै कार्यमा सक्दो भुमिका खेलि आएको व्यहोरा यहांहरुलाई अवगत नै छ । एनआरएनए वेल्जियमको अभियानलाई प्रगाढ र शसक्त रुपमा लानका लागि विगतको निर्वाचनको शिलशिलामा अध्यक्ष पदमा सहभागि भै आएको थिएं र निरन्तरता संघको गतिविधिमा रहि आएको छु ।

विगत देखि तपाईहरुले म प्रति गरेको विश्वास, माया र सहयोगको पृष्ठभुमिले अझै मलाई उत्साहित र उर्जा प्रदान गराएको छ । सामाजिक सेवाको क्षेत्रमा निरन्तरता र तपाइहरुको विश्वासले वेल्जियमको नेपाली समुदायको आपसी सदभावलाई एकाकार पार्दै लाने हेतुले फेरि यस पटक एनआरएनए आइसिसी पदमा रहि सामाजिक कार्य गर्ने अभिप्रायका साथ तपाईहरु समक्ष सहयोगको अपेक्षा राख्दछु । वेल्जियमको एनआरएनएको हेरक परिवेशलाई आपसी सहमति र सहकार्यमा बाधक नवनी सबै पक्ष संग सामाजिक संस्थाको लागि आवश्यकता अनुरुप केहि त्याग र समर्पनको भावले अगाडि बढ्न सकेमा मात्र आपसी भाइचारा, सहमति र सहकार्यको अर्थ पुरा हुन सक्छ । 

गैर आवसिय अन्तरराष्टिय समन्वय परिषद वेल्जियमको आगामी २०१५— २०१७ को कार्यकालको टिममा रहेर वेल्जियममा रहेका नेपाली समुदाय विच आपसी भाइचारा सम्बन्ध स्थापना गर्दै नेपाल र नेपालीको कला संस्कृत मार्फत नेपाललाई चिनाउने, नेपाली समुदायका नयां पिढीहरुमा नेपाल र नेपालीपनको वारेमा जानकारीमुलक कार्यक्रम चलाउने, नेपालीहरुमा भैपरि आउने समस्यामा सहयोगार्थ परोपकारी कोष निर्माण गरि स्वदेश तथा विदेशमा सहयोग पुर्याउने, नेपालको विकास र संवृद्ध को लागि प्राविधिक तथा विविध सिपमुलक अभियानका कार्यक्रमहरुको संचालनका लागि प्रवासमा रहेका नेपालीहरुलाई एकाकार पार्दै संघलाई साझा चौतारीको रुपमा विकाश गर्दै लाने कुरामा विशेष जोड रहने प्रतिवद्धता समेत जाहेर गर्दछु ।

अन्त्यमा मेरा यि विषयलाई सार्थक वनाउन तपाईहरुको सहयोगको ठुलो भुमिका रहने हुंदा यहि ३ सेप्टेम्वर २०१७ मा सम्पन्न हुन गैरहेकोे एन आर एन वेल्जियमको निर्वाचनमा मैले पनि आइसिसी सदस्य पदमा उम्मेदवारी दिएको छु । यहांहरुको आफ्नो अमुल्य भोट ( मत ) दिई मलाई विजयी बनाउन हुन सबैमा अनुरोधका साथ अपिल गर्दछु ।साथै हामी हाम्रा विच कसैले नहार्ने सवैले जित्ने एनआर एन को अभियानमा सबै सहयोगी मनहरु एउटा विन्दुमा समावेश हुने परिश्थिति वनोस यहि कामना गर्दछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा