नैरोबी, केन्या । गैर आबासिय नेपाली संघ, केन्या द्वारा अगष्ट २१ का दिन केन्याको नैरोबीमा भब्य रुपमा तीज पर्बको आयोजना गर्यो । संघको सास्कृतीक समितीकी संयोजक लक्ष्मी बुलुन र महिला संयोजक तारा ढकालले संचालन गर्नुभएको सो कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की र संघका केन्या अध्यक्ष कृष्णदत्त भट्ट लगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।
बिहान ११ बजे देखि सुरु भै बेलुका ५ बजे सम्पन्न भएको सो कार्यक्रममा बाढीपहिरोबाट ज्यान गुमाउन भएकाहरुको आत्माको शान्तीको लागी १ मिनेटको मौनधारण गरिएको थियो ।
कार्यक्रममा तिज गीतहरुमा नाच्दै गाउदै नेपालका बाढीपीडितलाई सहयोग रु तीस हजार संकलन गरिएको छ । सो रकम एनआरएनए बाढीपीडित कोषमा सहयोगका लागि पठाइने बताइएको छ ।