
खोटाङ सेवा समाज कतारका द्दितिय उपाध्यक्ष्य रुद्र शर्मा आचार्यले गैरआवासीय नेपाली संघ कतारको २०१७-१९ कार्यकालको निर्वाचनका लागि खुल्ला सदस्य तर्फ औपचारिक रुपमा उम्मेदवार दिएका छन् ।
कतारकै सबै भन्दा पुरानो र पहिलो नेपाली सस्था खोटाङ सेवा समाजमा कार्यसमिति सदश्य, सचिब र दुइ कार्यकाल महासचिब जस्तो जिम्बेवारी पदमा रही कार्यकाल सकुसल निर्बाह गरिसकेका र केहि समय पहिले NCC कतारको यहि २०१७-१९ कार्यकालको लागि सचिब पदका लागि उमेदवारी दिने मनासय राखे पनि आफ्ना केहि सहपाठी र सह यात्री साथीहरुलाई समर्थन गर्दै संस्थाको परिमार्जित विधानको सम्मान गर्दै सोही मूल्य मान्यता लाई आत्मसात गर्दै खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको आचार्य बताउछन । उसले जति पनि पार्षद सदश्यहरु बनेका छन् उनीहरुको साथ, सहयोग र बिस्वासकै कारण आफु निर्वाचित हुनेमा विश्वस्त रहेको जिकिर समेत गरेका छन् ।
सस्थाको पदनै ठुलो कुरा नमानी जुन सुकै पदमा रहे पनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै बिगतमा भन्दा अझै बढी तँ र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन ।
उसले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै गर्दछ । साथै आगामी १ सेक्टेम्बर २०१७मा हुने निर्बाचनमा सम्पूर्ण गैर आबसिय नेपाली संघ (NRNA-NCC) कतारको पंजिकृत सदस्यता लिइ सक्नु भएका (NRNA-NCC) कतारको नयाँ पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।